• मंसिर ११ २०८१, मंगलवार

अमेरिका चीनसँग डराउनुको एकमात्र कारण

चैत्र ५ २०७७, बिहीबार

अमेरिकाको प्रतिद्वन्द्विता चीनसँग किन बढ्दै गैरहेको छ ? रसिया, बेलायत र अन्य देशहरुसँग किन देखिदैन ? यसका बारेमा धेरैलाई चासो हुन सक्छ पनि । धेरैले धेरै किसिमका अड्कल काट्न पनि सक्छन् । तर कुन चाँहिं त्यस्तो तथ्य वा कारण छ, जसले अमेरिका र चीनका बीचमा दुस्मनी बढाइरहेको छ ? यसका पछाडि मानिसहरुले सामान्य रुपमा सोचे झैं धेरै कारणहरु त छन्, तर तीमध्ये मुख्य कारणका बारेमा कमै अनभिज्ञ छन् ।

त्यो मुख्य कारण हो– चीनको आर्थिक प्रगति । सैन्य श्रेष्ठताका हिसाबले अमेरिकाले अझैं पनि विश्वमा आफूलाई अब्बल साबित गरिरहेको छ । यसलाई एक्लै माथ गर्न कोही पनि सक्षम छैनन् आउँदा केही वर्षसम्म पनि । तर आर्थिक उन्नतिका हिसाबले अमेरिका र चीनका बीचमा सीमा रेखा वा फरक निकै साँघुरो बन्दै गैरहेको छ । विश्वका अर्थशास्त्री र अर्थविदहरुले त सन् २०२५ देखि चीनले अमेरिकालाई धकेल्दै लगेर सन् २०३० सम्म यसलाई पछाडि पारिसक्नेछ ।

यो अनुमानको कुरा हो । तर निकै वस्तुपरक अनुमान । यसले सोचेको निष्कर्षको नजिक पुर्याउने देखिन्छ । अमेरिका पनि चीनलाई त्यत्तिकै उछिन्न दिने सोचमा छैन । बरु यो चीनलाई अनेकन आर्थिक नाकाबन्दी र समस्या सिर्जना गर्ने योजनामा छ । यसो गरिरहेको पनि छ । अमेरिका चीनलाई विश्व अतिमहाशक्तिका रुपमा उदाउन नदिने गरी जन्मेदेखिको बल लगाएर लागि परिरहेको छ । यी सबै अमेरिकी प्रयत्न चिनियाँ प्रगतिलाई रोक्नका लागि नै हुन् ।

यसले आउँदा एक दशक चीन र अमेरिकाका लागि निकै अप्रिय र दुर्घटनाग्रस्त बनाउने छ । रसिया चीनको तुलनामा अमेरिकाका लागि केही बढी कमजोर प्रतिस्पर्धी हो । तथापि सैन्य हिसाबले रसिया चीनभन्दा निकै शक्तिशाली छ । तर पनि अमेरिकाका लागि अहिलेको प्रमुख समस्या भनेको चीनको आर्थिक प्रगति नै हो । यो रसियाको सैन्य सक्षमताभन्दा हजारौं गुणा खतरा छ ।