• मंसिर १७ २०८१, सोमबार

नेपालका ७ ठूला व्यवसायिक कम्पनी

चैत्र ४ २०७७, बुधबार

सधैंजसो समाजमा वा देशमा आर्थिक समृद्धिको बहस हुने गर्छ । हाम्रो नेपालमा त झन् सबैले भन्ने गर्छन् देशले आर्थिक फड्को मार्न सकेन । आर्थिक रुपमा फड्को मार्न नसक्नु वा आर्थिक समृद्धि हुन नसक्नुमा नेपालमा मात्रै होइन सबैजसो देशमा राजनीतिलाई नै दोष दिने गरिएको हुन्छ । हुन पनि राजनीति राम्रो भएको देशले आर्थिक रुपमा प्रगती गरेको देखिन्छ । हाम्रो देश तुलनात्मक रुपमा आर्थिकरुपमा कमजोर भएर पनि होला यहाँ आर्थिक समृद्धीको बढी बहस हुने गरेको छ । आर्थिक समृद्धि हुनु भनेको धनी हुनु त हो नि, के नेपालमा सबै मानिस गरिब नै रहेका छन् त ? हैन नेपालमा पनि केही मानिस धनी छन् । केही मात्रामै भएपनि आर्थिक गतिविधि यो देशमा हुने गर्छन् । अनि यो देशमा पनि अर्थतन्त्र धान्ने केही उद्योग तथा कलकारखानाहरु रहेका छन् जो सिमित मात्रामै भएपनि त छन् । को होलान् त नेपालका ठूला कारोवारी वा व्यवसायीहरु आउनुहोस् आज जानौं नेपालका ७ ठूला व्यापारीक कम्पनीहरु ।

१०) अग्नि इन्कर्पोरेट प्रा.लि.

अग्नि इन्कर्पोरेट
अग्नि इन्कर्पोरेट

 

अग्नि इन्कर्पोरेट कम्पनी नेपालको आर्थिक कारोबारको हिसाबमा दशौँ ठूलो व्यापारिक कम्पनी हो । यो कम्पनीले नेपालमा विभिन्न कार, जीप, मोटरसाइकल लगायत अटोमोबाइल्सका सामानहरुको व्यापार गर्दै आएको छ । यसले विशेषगरी अन्तर्राष्ट्रिय ब्राण्ड महिन्द्राका कार, जीप र मोटरसाइकल लगायतका सामानहरुको डिलरसिप लिएर नेपालभित्र बेच्दै आएको छ । प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नेतृत्व गरेको यो कम्पनीले वर्षमा १६ अर्व भन्दा बढी नेपाली रुपैयाँको कारोबार गर्ने गरेको बताइन्छ ।

९) जगदम्बा इन्टरप्राइजेज प्रा.लि.

जगदम्बा इन्तरप्राईजेज

तपाईंले निर्माण बजारमा जगदम्बा स्टिल, फलाम र प्लाष्टिक लगायतका निर्माण सामग्री त देख्नु भएकै होला, यदी नदेखेको भए कसैले घर बनाउँदा जगदम्बाका विभिन्न सामग्रीबारे कुराकानी गरेको त पक्कैपनि सुन्नु भएकै होला । हो यो जगदम्बा ब्राण्डका विभिन्न समानहरुको उत्पादन र बिक्रि वितरण गर्दै आएको जगदम्बा इण्टरप्राइजेज । आर्थिक कारोबार रकमको हिसाबमा यो कम्पनी नेपालको नवौं स्थानमा रहेको छ । वर्षमा १७ अर्वभन्दा बढी नेपाली रुपैयाँको आर्थिक कारोबार गर्दै आएको यो कम्पनीको नेतृत्व कार्यकारी प्रमुख जे.के गुलाठीले गर्दै आएका छन् ।

८) हुलासचन्द्र एण्ड हंसराज कम्पनी प्रा.लि.

पल्सर मोटरसाइकल
पल्सर मोटरसाइकल

यो कम्पनी आर्थिक कारोबारको हिसाबमा नेपालको ८औं ठूलो कम्पनीको रुपमा रहेको छ । नेपालमा बजाज कम्पनीका मोटरसाइकल र विभिन्न पार्टस्हरु आयात गरेर बिक्रि वितरण गर्दै आइरहेको यो कम्पनीले लुब्रिकेण्ट समेत बेच्ने गर्छ । खासगरी बजाज कम्पनीका मोटरसाइकल नेपालमा आउदा एच.एच. बजाज बनेर आउछन् जो हुलासचन्द्र एण्ड हंसराजको छोटकरी रुप हो । तपाईंले बजारमा पल्सर मोटरसाइकल त पक्कै पनि देख्नु भएकै होला, हो त्यही पल्सर मोटरसाइकल नेपालमा बेच्ने कम्पनी यही हो । शेखर गोल्छाले नेतृत्व गरेको सो कम्पनीले नेपालमा वर्षमा २१ अर्ब नेपाली रुपैयाँ भन्दा बढीको कारोवार गर्ने गर्छ ।

७) गोर्खा ब्रुअरी प्रा.लि.

गोर्खा ब्रुवरी
गोर्खा ब्रुवरी

यो गोर्खा ब्रुअरी कम्पनीले नेपालमा बियर उत्पादन गरेर बिक्रि गर्छ । यो एउटा बहुराष्ट्रिय कम्पनी भएपनि नेपालमा व्यापारीक समूह खेतान समूहको यसमा लगानी रहेको छ । यसले विभिन्न ब्राण्डका बियरहरु उत्पादन गरेर बेच्ने गरेको छ । नेपाली ब्राण्ड गोर्खा बियर यसकै उत्पादन रहेको छ भने अरु अन्तर्राष्ट्रिय ब्राण्डका बियरहरु पनि यो कम्पनीले बेच्ने गरेको छ । आर्थिक कारोबारको हिसाबमा यो नेपालको सातौँ ठूलो कम्पनीको रुपमा रहेको छ । वर्षमा २३ अर्ब नेपाली रुपैयाँ भन्दा बढी यस कम्पनीको कारोवार रहेको छ ।

६) सिप्रदी ट्रेडिङ्ग प्रा.लि.

सिप्रदी ट्रेडिङ्ग
सिप्रदी ट्रेडिङ्ग

यो सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको नेपालको अधिकारिक बिक्रेता हो । यसले टाटा मोटर्सका विभिन्न कार, जीप र ठूला गाडीहरुको व्यापार गर्दै आएको छ । यो नेपालको आर्थिक कारोबारको हिसाबमा छैठौं ठूलो व्यापारीक कम्पनीको रुपमा रहेको छ । यो कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाउने कम्पनीको रुपामा समेत दर्ज भएको छ । यसका प्रमुख कार्यकारी आजसम्म पाँचपटक नेपाल सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने मानिसको तर्फबाट सम्मानित भइसकेका छन् । वर्षमा ३० अर्वभन्दा बढी नेपाली रुपैयाँको कारोबार गर्ने यस कम्पनीका प्रमुख कार्यकारी राजनबाबु श्रेष्ठ रहेका छन् ।

५) सूर्य नेपाल प्रा.लि.

सूर्य नेपाल अगरबत्ती
सूर्य नेपाल अगरबत्ती

बजारमा तपाईंले सूर्य चुरोट त पक्कै पनि देख्नु भएकै होला । यो पढ्नेमध्ये कतिपय साथीहरुले त अझ सूर्य चुरोट खानु नै भएको होला । हो त्यो सूर्य चुरोटको उत्पादनकर्ता कम्पनी नाम नै सूर्य नेपाल हो । यो कम्पनीले चुरोट बाहेक धुपबत्ती र सलाई पनि उत्पादन गर्ने गर्छ । यो कम्पनीले तयारी पोसाक समेत उत्पादन गरेर निर्यात गर्ने गरेको छ । यो नेपालको आर्थिक कारोबारको हिसाबमा पाँचौ ठूलो कम्पनी रहेको छ । अन्तःशुल्क, भ्याट र आयकर सबै जोडेर नेपालमा सरकारलाई सवैभन्दा बढी कर तिर्ने कम्पनी पनि यही हो । वर्षमा ३० अर्बभन्दा बढीको कारोबार गर्ने यो कम्पनी पुर्व प्रधानमन्त्री दिवंगत सूर्यबहादुर थापाले स्थापना गरेका थिए ।

४) जगदम्बा स्टिल प्रा.लि.

जगदम्बा स्टिल
जगदम्बा स्टिल

जगदम्बा स्टील कम्पनी नेपालको सबैभन्दा ठूलो स्टिल कम्पनी हो । कम्पनीको दावी अनुसार यस कम्पनीले नेपालमा निर्माण सामग्रीको ५०% हिस्सा ओगटेको छ । यो दक्षिण एसियाकै ठूलो मध्यको स्टिल कम्पनी समेत मानिन्छ । अघि माथि नवौं स्थानमा रहेको जगदम्बा इन्टरप्राइजेज र यो कम्पनीको निकटको सम्बन्ध रहेको छ । जगदम्बा स्टील र जगदम्बा इन्टरप्राइजेजको व्यवस्थापक व्यापारीक समूह एउटै शंकर समूह रहेको छ । यस हिसावले जगदम्बा इन्टरप्राइजेज जगदम्बा स्टिल कम्पनीको भातृ कम्पनी भन्दा पनि फरक पर्दैन । आर्थिक कारोबारको हिसाबमा जगदम्बा स्टिल नेपालको चौथो ठूलो कम्पनीको रुपमा रहेको छ । यो कम्पनीले वर्षमा ३५ अर्ब भन्दा बढी रुपैयाँको कारोबार गर्ने गर्छ । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रलाल रहेका छन् ।

पाठक वृन्द ! यसअघि हामीले गोलमिडिया खबर डटकममा नेपालका तीनठूला कम्पनीको बारेका जानकारी दिइसकेका छौं ।