• मंसिर १३ २०८१, बिहीबार

नेपाल-खनाल समूहले राष्ट्रिय भेलामा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

चैत्र ४ २०७७, बुधबार

काठमाडौं । बुधबारबाट ललितपुरको सानेपामा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला शुरु भएको छ ।

राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी शुरू गरेको आरोप लगाए । खनालले पार्टीसँग सल्लाहबिना अघि बढेको बताए । निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न नसकेको जनाउँदै निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न नसकेको आरोप लगाए ।

यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले आयोजना गरेको भेला गुटगट नभइ अध्यक्ष केपी शर्मा ओलीबाट सिर्जित समस्या भएको जनाउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

राष्ट्रिय भेलामा पेश गरिएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) हेर्न यहाँ क्लिक गर्नुहोला