काठमाडौँ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ‘ओली अहङ्कार’ले सिङ्गो देशलाई बर्बादीतिर धकेलिरहेको बताएका छन् । देश बर्बादीतिर धकेलिनुमा मूलतः ओलीको व्यक्तिवादी अहङ्कारले काम गरिरहेको नेपालको जोड रहेको छ । पार्टी विसाल बनेर देशव्यापी आकार ग्रहण गर्दै सत्ताको नजिक हुँदै जाँदा ओलीमा पलाएको व्यक्तिवादी अहङ्कारले पार्टी र देशलाई नै सङ्कटमा पारिरहेको उनको दाबी छ । ओलीमा विकास हुँदै गएको व्यक्तिवादी अहङ्कारका कारण पार्टीको स्थानमा गुट निर्माण गर्ने गुटगत मनोवृत्ति विकास हुनपुग्दा हालको संकट उत्पन्न भएको उनको दाबी छ । ओलीको यो मनोवृत्तिले पार्टीभित्र भजन मण्डली सिर्जना भएको र यसैले पार्टी फुटाउनमा मद्दत गरिरहेको उनको छ । नेपालका अनुसार पार्टी अहिले पनि एक भएर अघि बढ्न तयार रहेको तर यिनै प्रवृत्तिका कारण एकतामा सधैं दरार पैदा हुन गएको हो ।
यस क्रममा सिंगो पार्टी निर्माणका लागि ओलीसँग बारम्बार भएको वार्ताको प्रसंग कोट्याउँदै नेपालले भने– ओलीले नै पार्टीलाई छिन्नभिन्न पार्न लागि परिरहेकाले पार्टी एकताको ढोका बन्दको बन्दै रहन गएको हो । पार्टीको कतिऔं मिटिङ हो भन्ने पनि थाह नपाएका ओलीले एमाले पुनस्र्थापना भएपछि १० औं र ११ औं बैठक नै नराखी एकैपटक १२ औं मिटिङ बोलाएकोमा नेपालले आश्चर्य प्रकट गरेका छन् ।
आफूखुसी र मनपरि गर्ने ओलीको बानी भएकाले पार्टी एकता उनका लागि अपच हुने गरेको नेपालको दाबी छ ।