• मंसिर ११ २०८१, मंगलवार

डिप्रेशन हुनबाट बच्ने सात उपाय

चैत्र ३ २०७७, मंगलवार

काठमाडौं । संसारभर डिप्रेशनका बिरामीहरूको संख्या करिव ३ करोड रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ । नेपालमा भने यति नै बिरामी छन् भन्ने सरकारी तथ्यांक छैन। तर चिकित्सकहरूको अध्ययनले करिब ८ लाख नेपालीमा डिप्रेशनको समस्या रहेको बताउँछन्।

डिप्रेशन कम कडा खालको मानसिक रोग हो। ‘डिप्रेशन कडा मानसिक रोग होइन, तर समयमै रोग पहिचान र उपचार भएन भने डिप्रेशनको रोगीले आत्महत्या समेत गर्न सक्ने भएकाले बेलैमा होशियारी अपनाएर उपचारमा ध्यान दिनु पर्छ।

डिप्रेशनबाट बच्नका लागि निम्न सात उपाय अपनाउन सकिन्छ :

-दैनिक जीवनमा आउने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ।

-आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि कसरी समाधान गर्न सकिन्छ भन्ने सोच्नुपर्छ।

-मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन।

-मानसिक समस्या भएको संकेत देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।

-सामाजिक कार्यमा सक्रिय हुनुपर्छ।

-निष्क्रिय जीवनशैलीलाई त्याग्नुपर्छ।

-कार्यमा आइपर्ने तनाव कम गर्न, प्रयाप्त आराम र खानपानमा विशेष  ध्यान दिनुपर्छ।

(स्वास्थ्य सम्बन्धी विभिन्न लेखको आधारमा तयार गरिएको)