हेमन्तप्रकाश वली ।
लमही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङ अन्तर्गत लमही नगरस्तरीय प्रथम भेला आज लमहीमा सकिएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनेमसंघ (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा दाङ जिल्ला संयोजक अशोकाले नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न महिलाहरुको व्यापक सहभागिता हुनुपर्ने बताइन् ।
उनले एकीकृत जनक्रान्तिले नेपाली उत्पीडित तथा आम श्रमिक महिलाहरुमा एउटा मुक्तिको नयाँ आशा र विश्वास जगाएको कुरा ब्यक्त दावी गरिन् । देशका विभिन्न ठाउँमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेकोले महिला हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधको विरुद्ध आफ्नो संगठनले निर्मम संघर्ष गर्ने उनको भनाई रहेको छ ।
कार्यक्रममा नेकपा राजपुर इञ्चार्ज केपी, नेकपा दाङ जिल्ला सल्लाहकारहरु मधुसुदन र साउनी चौधरी, दलित मुक्ति मोर्चाकाका सन्देश र भक्त तथा पार्टी एरिया कमिटी सदस्य राजेन्द्र शमले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए । भेलाले सरिता गिरीको अध्यक्षतामा १३ लमही सदस्यीय नगर कमिटी चयन गरेको छ ।