• मंसिर १३ २०८१, बिहीबार

प्रमुख अतिथि बनेर कार्यक्रममा आउन ओलीलाई निम्तो

चैत्र ३ २०७७, मंगलवार

काठमाडौँ । नेकपा एमालेका खनाल–नेपाल समूहले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनेर भोलिको कार्यक्रमको उद्घटनमा आउन आग्रह गरेका छन् । खनाल–नेपाल समूहले चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराइले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन् ।
‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ । हाम्रो कार्यक्रमको नजर लगाउनु भनेर, परिचयसहित आए हुन्छ स्वागत छ । यो भेला पनि तपाईंकै हो । बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन । आफैं आउनुहोस् ।’

उनले देशभरिबाट आएका तपाईंकै कार्यकर्ता भएको स्मरण गराउँदै आवेग र उत्तेजनामा नआउन आग्रह गरे ।