• मंसिर १३ २०८१, बिहीबार

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

चैत्र ३ २०७७, मंगलवार

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक  बस्दै छ । बैठक दिउँसो ४ बजे शीतलनिवासमा बस्नेछ । मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्न लागेको हो ।

आजको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीको यो पहललाई सबै दलहरुबीच समझदारी गराउने प्रयासको रुपमा हेरिएकाे छ । पछिल्लो समय राजनीतिक दलहरुबीचमा असमझादरी र तिक्तता बढ्दै जाँदा देश बेमेलतिर मात्र हैन गम्भीर संकटतिर धकेलिने सम्भावनाहरु बढ्दै गएका छन् ।