• मंसिर १३ २०८१, बिहीबार

नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय 

चैत्र २ २०७७, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।

कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले सत्ता समीकरणका लागि संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको हो ।

सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तार गर्ने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।