काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० जना नेताहरुले बोलेसँगै केही दिनका लागि स्थगित भएको हो ।
अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।