• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओली र माधव नेपाल पक्षको छलफल सकियो

चैत्र २ २०७७, सोमबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधव नेपालपक्ष बीचको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा  आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको हो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका थिए।

छलफलमा ओली पक्षका तर्फबाट ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित थिए। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी थिए। बैठकमा झलनाथ खनाल भने उपस्थित थिएनन्।

एमाले विभाजनको संघारमा रहेका बेला भएको भेटलाई चासोका साथ हेरिएको छ ।