काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।
संसद् पुनर्स्थापनापछि २३ र २६ फागुनमा बैठक बसेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।
बैठकमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रमुख सचेतक तथा सचेतकलाई बोलाइएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ ।