• फाल्गुन २३ २०८२, शनिबार

किन दुख्छ टाउको ?

चैत्र १ २०७७, आईतवार

काठमाडौं ।  टाउको दुख्ने समस्या नेपालमा धेरैजसो व्यक्तिले भोगेको समस्या हो । हरेक व्यक्तिले आफ्नो जिवनकाल कुने एक पटक टाउको दुखेको अनुभव गरेकै हुन्छन् ।

टाउको दुख्ने समस्या केहि व्यक्तिमा लामो समयसमम रहन्छ भने केहि व्यक्तिमा छोटो समयमा नै निको हुन्छ । बिशेषगरी टाउको दुखाई २ प्रकारको हुन्छन ।

तनाबले हुने टाउको दुखाई

माइग्रेनले हुने टाउको दुखाई

कुनै व्यक्तिमा लामो समयदेखि टाउको दुख्ने समस्या छ । उसलाई सामान्य नदुख्ने औषधि खादा निको हुन्छ । केहि समयपछि पुन यो समस्या बल्झिन्छ भने उपचार गर्नुपर्ने हुन्छ ।

कुनै व्यक्तिमा टाउको दुख्ने समस्या छ तर परिक्षण गर्दा सबै रिपोर्ट सामान्य छ भने त्यो मानसिक समस्या हुन सक्छ । यो टाउको दुखाई तनाबले गर्दा हुने टाउको दुखाई, माइग्रेनले गर्दा हुने टाउको दुखाई मात्र नभएर निराशपनले गर्दा पनि हुन सक्छ ।

तनाबले हुने टाउको दुखाई

बर्षैदेखि टाउको दुखिरहने, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भए जस्तो, थिचे जस्तो, गहोंगो महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिंडेजस्तो महसुस हुने चक्कर आउने हुन्छ । दिनभरी बिस्तारी दुखिरहने, काम गर्नपनि सकिने दुख्न पनि नछोड्ने हुन्छ । यस्तो प्रकारको टाउको दुखाई सामान्य औषधि खाएमा निको हुन्छ । येससंग मानसिक समस्या जोडिएको हुन सक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै लक्षण हुन सक्छ ।

माइग्रेनले हुने टाउको दुखाई

टाउको दुख्दा बल्किने, दुखेपछी ४ घण्टादेखि २ दिनसम्म दुख्न सक्ने, उल्टी आउला जस्तो हुने, उल्टी आउने हुन सक्छ । यस्तो प्रकारको समस्या भएका कतिले कडा औषधि खानुपर्ने, इन्जेक्शन लगाउनुपर्ने, या सुत्नै पर्ने हुन्छ । घामले, आवाजले टाउको दुखाईमा फरक पार्न सक्छ । कसैलाई त हिडडुल गर्दा पनि टाउको दुखाई बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्दछन । कोहिमा एक पाखा मात्र दुख्ने पनि हुन्छ तर सधै एक पाखामा मात्र दुख्छ भन्ने हुदैँन ।

यस्ता किसिमका टाउको दुखाईको उपचार सम्भव छ र नजिकैको मानसिक रोग बिशेषज्ञ या नसा रोग बिशेषज्ञसँग उपचार गराएमा यस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

कस्तो टाउको दुखाईमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?

धेरै जोडसंग टाउको दुखेमा

टाउको दुखाई झन नराम्रोसंग या जोडसंग बढिराखेमा

जाचँ गर्दा नसाको समस्या देखिएमा

ज्वरो आएमा

टाउको दुखेपछि उल्टी भएमा

टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा

५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई टाउको दुखेमा तत्काल बिशेषज्ञलाई भेट्न जरुरी हुन्छ ।