• मंसिर १३ २०८१, बिहीबार

संसदीय व्यवस्था नाङ्गेझार भइसक्योः मोहन वैद्य

चैत्र १ २०७७, आईतवार

काठमाडौँ ,

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले कम्युनिष्टहरुले चाहेको राजनैतिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नभएसम्म नेपाली जनताका समस्याहरु समाधान नहुने बताएका छन् ।

आइतबार राजधानीमा सो पार्टी निकट जनवर्गीय संगठन र मोर्चाहरुद्वारा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै महासचिव वैद्यले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा संसार भरी नाङ्गेझार भइसकेको संसदीय व्यवस्था नेपालमा अहिले इतिहासकै संकटपूर्ण घडीमा आएको हुनाले संसदवाद र संशोधनवादमा भुकम्प गएको समेत उनले बताए ।

कमरेड किरण

विरोध सभालाई सम्बोधन गर्दै महासचिव वैद्यले सच्चा कम्युनिष्टहरुको मूलधार भनेको संसदीय नभएर क्रान्तिकारी भएको बताउँदै संसदवादीहरुले भनेको जस्तो मुर्दाशान्तिको युग नभएर अब क्रान्तिको युग शुरु हुने समेत बताए ।

यो संसदीय व्यवस्थामा इतिहासकै संकट आइपरेको यो अवस्थामा छरिएर रहेका सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध भएर लाग्नुपर्ने समय आएको धारणा समेत आफ्नो सम्बोधनका क्रममा महासचिव वैद्यले व्यक्त गरे। उनले भने, ‘कम्युनिष्ट क्रान्तिकारीहरु संसदीय मूलधारमा होइन क्रान्तिकारी राजनीतिको मूलधारमा ध्रुविकृत हुनु पर्दछ ।’

क्रान्तिकारी माओवादीको विरोध सभामा जनता
क्रान्तिकारी माओवादीको विरोध सभामा जनता

विरोध सभालाई आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर विक लगायतले सम्बोधन गरेका थिए ।

गीत प्रस्तूत गर्दै सामना परिवारका कलाकार
गीत प्रस्तूत गर्दै सामना परिवारका कलाकार

सामना सांस्कृतिक परिवारका संगीतकर्मीहरुले साँस्कृतिक प्रस्तुती प्रदर्शन गरेको सो विरोध सभाको नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेका थिए । अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीले संचालन गरेका थिए ।