काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेतिर लागेका आफ्ना सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने भएको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले एमालेतिर लागेका आफ्ना नेता तथा सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
अहिले ओली सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा माओवादी खेमाका नेताहरु हुन् ।