• मंसिर १३ २०८१, बिहीबार

केन्द्रीय कमिटी बैठक सकेलगत्तै नेपालसँग प्रचण्डको भेटवार्ता

चैत्र १ २०७७, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको छ ।

सर्वाेच्च अदालतको फैसलापछि विकसित भएको राजनीतिक परिस्थितिका सन्दर्भमा अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको  बताइएको छ ।