काठमाडौं । काठमाडौंको बानियाँटारमा आयोजित एक कार्यक्रममा एकैसाथ ३ कृतिहरु विमोचान गरिएको छ । कल्पलता परिवारको आयोजनामा ती कृतिहरु विमोचन भएका हुन् । कल्पलतामा रत्नप्रसाद अनामणि श्रेष्ठ, मौनता थापा ‘रेणु’, घनबहादुर थापा, सुदर्शन अधिकारी, अर्जुनबाबु तिवारी, भवानी मैयाँ पन्त, गंगादत्त गिरी, किशोरराज वन्त, नरबहादुर बि.सी र दामोदर ढकाल ‘दीपक’का अंग्रेजी र नेपाली गरी कूल १६० कविता सङ्ग्रहित छन् ।
काव्यलता परिवारका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख प्रकाश अधिकारी र विशिष्ट अतिथिहरू साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार एवं पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रित, पूर्व शिक्षामन्त्री साहित्यकार दिनानाथ शर्मा, पूर्व सहायकरथी तेजप्रकाश बानियाँ, सामाजिक अभियन्ता एवं साहित्यकार सीता ओझा, र वरिष्ट लोकगायक राजन भूजेल लगायतको उपस्थिति थियो ।
यसैगरी अतिथिहरू पूर्व सेनानी टंकबहादुर बजगाई खत्री, सीता विष्ट कार्की ‘सीविका’, चन्द्र न्यौपाने, द्वारिका कुईंकेल, तारा केसी, उमेश पाण्डे, सुशीला ढकाल, बेनीबहादुर थापा, संगीता सारथी, वासुदेव गुरागाईं, जगदिश अधिकारी लगायत पनि सहभागी थिए ।
कार्यक्रममा कविता, लोकगीत, लोकनृत्य प्रस्तुत हुनुका साथै प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्बोधन समेत गरेका थिए । वक्ताहरुले साहित्य र समाज बीचको सुमधुर सम्बन्ध रहनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सभापति रत्नप्रसाद अनामणिले गरेका थिए ।