• मंसिर १३ २०८१, बिहीबार

क्रान्तिकारी माओवादीले काठमाडौंमा विरोध सभा गर्दै

चैत्र १ २०७७, आईतवार

काठमाडौँ,

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट जनवर्गीय संगठनहरुको आयोजनामा काठमाडौंमा विरोध सभा हुँदैछ । सभामा सो पार्टीका महासचिव मोहन वैद्य, डा. ओम गुरुङ, सिताराम तामाङ, अम्बिका मुडभरी, ईश्वर तिमिल्सीना, हरिकृष्ण गजुरेल, टेकबहादुर विक र विष्णु खड्का लगायतको सहभागीता रहेको छ ।

सभामा परिणत भएको विरोध जुलुसका सहभागीले दलाल संसदीय व्यवस्था खारेज गरौं, संघीय जनगणतन्त्र स्थापना गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, एमसीसी परियोजना तुरुन्त खारेज गर, भारतीय सेना कालापानी छोड, भारतद्धारा अतिक्रमित भूमी फिर्ता गर, बढ्दो महंगी नियन्त्रण गर लगायतका नारा लगाएका थिए । शान्तिबाटिकामा हुने सभालाई मोहन वैद्य लगायतका नेताले सम्बोधन गर्नेछन् ।