काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
आजको बैठकले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्पष्टीकरणसहित मूल पार्टीमा नफर्के कारवाही गर्ने भएको छ । हिजोको स्थायी कमिटी बैठकले २४ घण्टे अल्टिमेटम दिएर सरकारमा सहभागी ६ जना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । उक्त समय आज सकिँदैछ ।
स्रोतका अनुसार केन्द्रीय समिति आजको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । सत्ता समिकरणका विषयमा समेत छलफल हुनसक्ने जनाइएको छ ।