काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको जनाएका छन् ।
शनिबार एक पुस्तक विमोचनमा बोल्दै प्रचण्डले कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गरे।
‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ। मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा लड्न समर्पण गरेको छु ।
आफुले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले प्रचण्डले आफूलाई मार्न षडयन्त्र भए पनि जनताले बचाएको आफूलाई सदैव जोगाइरहेको बताए । उनले भने, ‘मलाई शत्रुले मार्न खोजे पनि जनताले बचाइरहेका छन् ।’
अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएका भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए ।