• मंसिर १३ २०८१, बिहीबार

लोकतन्त्र र कांग्रेस संकटमा छ : रामचन्द्र पौडेल

फाल्गुन २९ २०७७, शनिबार

बाग्लुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको जनाएका छन् ।

बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस लोकतन्त्र र कांग्रेस संकटमा रहेको बताउँदै  अब सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए ।

“लोकतन्त्र र कांग्रेस संकटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भने, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।”

कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आउन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गरे ।

“अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भने, “जनस्तरबाटै उपचार विधि खोजौँ ।” उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताए ।