जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरी लगायत थारु विद्रोहका नेताहरुको रिहाईको माग ओली सरकारलाई समर्थन गर्नु वा सो सरकारमा सहभागी हुनको लागि नभएको बताएका छन्।
रेशम चौधरी लगायतका थारु विद्रोहका नेताहरुलाई रिहाई गर्ने सर्तमा ओली सरकारमा आफ्नो पार्टी सामेल नहुने बताउदै एमालेको झापा विद्रोहदेखि विप्लवले नेतृत्व गरेको नेकपाको ससस्त्र गतिविधीसम्म राजनीतिक मुद्धाका रुपमा हल हुन सक्छन भने थारुको मात्र किन नहुने भनेर डा.भट्टराईले प्रश्न गरेका छन्।
ओली सरकारलाई प्रतिगमनकारी बताउदै थारु बिद्रोहका चौधरी लागायत नेताहरुको रिहाईको सर्तमा पार्टी ओली सरकारमा सामेल नहुने बताएका छन्। आज सामाजिक संजाल ट्वीटरमा एक ट्विट गर्दै भट्टराईले सो धारणा व्यक्त गरेका हुन् ।
उनले भनेका छन् ‘रेशम चौधरी लगायतका थारु विद्रोहका नेताहरुको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको सर्तमा हैन र हुन सक्दैन। एमालेको झापा विद्रोहदेखि विप्लवको ससस्त्र गतिबिधीसम्म राजनीतिक मुद्धाका रुपमा हल हुन सक्छन भने थारुको मात्र किन नहुने ?भन्ने हो। कुनै भ्रम नरहोस्।’
प्रधानमन्त्री केपी ओलीले सो पार्टीका केन्द्रिय समिति अध्यक्ष महन्त ठाकूरलाई आफूपछिको प्रधानमन्त्री हुन अफर गरेको हल्लाबीच डा.भट्टराईको सो धारणा बाहिर आएको छ।
बाहीर प्रधानमन्त्री बन्न अफर गरेको हल्ला गरेपनि भित्रि रुपमा चौधरीलाई छुटाउने सर्तमा सो पार्टीलाई सरकारमा सहभागी गराएर संसदमा विस्वासको मत हासिल गर्ने चालमा ओली रहेको बुझिएको छ।