काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गलत दिशामा गए देशले उन्नती प्रगति गर्न नसक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई संघको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
राजनीति गलत दिशामा गए देशले उन्नती प्रगति गर्न नसकिँने बताउँदै उनले भने, ‘राजनीति बिग्रिए, सबै बिग्रन्छ , केही शक्तिले बिगार्न खाेजेका थिए तर पनि हामीले विकासका गति अगाडि बढारह्यौं।’
आफ्नो कार्यकालमा विकास–निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरे । सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको उनको आरोप थियो ।
‘हाम्रो विकासको गतिलाई कोभिड–१९ ले पनि रोक्न सकेन । हाम्रो विरोधीहरु र खुट्टा तान्नेहरुले पनि रोक्न सकेनन्,’ उनले भने,‘ हाम्रो पार्टीलाई बदनाम गराउने, हाम्रो पार्टीको चरित्र हत्या गर्ने कामहरु भए । देशलाई अस्थिरतातर्फ धकेल्ने स्थिरता हुन नदिने विकासको क्रममा बढ्न नदिने काम भए ।’