काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले माओवादी केन्द्रसँग सरकार गठनबारे छलफल भएको बताएको छ । पेरिसडाडाँमा माओवादी केन्द्रसँग आज भएको वार्तामा सरकार गठनबारे सामान्य छलफल भएको जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । वार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।
‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए ।
जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ । तर, कुनै निर्णय भने दिएको छैन ।