• मंसिर १३ २०८१, बिहीबार

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, मंसिरमा महाधिवेशन

फाल्गुन २८ २०७७, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका छन् । शुक्रबार सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज नियुक्त गरेको छ । त्यस्तै प्रवक्ताको जिम्मेवारी प्रदिपकुमार ज्ञवालीले पाएका छन् ।

आजको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका ‘बादल’सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

यस्तै शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।