के पी ओली समूहले माधव नेपाल र झलनाथ खानल समूहलाई जानकारी नै नदिई एकलौटी रुपमा नेकपा एमालेको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ।
समाचार अनुसार ओली समूहले नेपाल, खनाल समूहलाई कुनै जानकारी नै नदिई विभिन्न जिम्मेवारी समेत बाँडफाँट गरेको छ।
सो समूहले बागमती प्रदेश इन्चार्जमा राम बहादुर थापा ‘बादल’,कर्णाली प्रदेश इन्चार्जमा मणी थापा र सुदुरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई तोकेको छ। साथै बादल समुहबाट २३ जनालाई केन्द्रिय समिती सदस्य समेत मनोनयन गरेको छ।
ओली समूहको बैठक बसेर यति निर्णय भई सक्दाभने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरुलाई पार्टीको बैठक बसेको कुनै जानकारी नभएको बताए।
बादल समूहबाट केन्द्रिय सदस्य हुनेहरुको नामावली यस प्रकार छ।
१)रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का
२३)गिरिधारी लाल