• मंसिर १७ २०८१, सोमबार

सपनाको सहर दुबईभित्र कृत्रिमता !

फाल्गुन २८ २०७७, शुक्रबार

दुबई आधुनिक मात्र होइन, पर्यटकका लागि सपनाको सहर पनि हो । यो सहरमा निर्मित आलिशान गगनचुम्बी महल त्यसै पनि निकै चित्ताकर्षक छन् । त्यसमा पनि समुद्र्र माथिको सहर ! विश्वमा दुर्लभै पाइने सामुद्रिक दृश्यहरुले यसलाई उत्तिकै चित्तबद्र्धक बनाएका छन् । बालुवामाथिको भवन, आफैमा कौतुहलता ल्याउने विषय पनि हो ।

बाहिर चर्को धूप तर भित्र वातानुकूल भवन :

दुबईमा रहेका गगनचुम्बी भवन आफैमा वातानुकूलित छन् । बाहिरको ४० देखि ५० डिग्री तापक्रममा पनि भित्र निकै रमाइलो वातावरण हुन्छ । प्राकृतिक हिसाबले यो अन्तरविरोधी पनि छ । यसले शारीरिक ?पमा कति फरक पार्छ, त्यो स्वास्थ्यसँग जोडिएको विषय हो । तर पनि मानिस आधुनिकतामा रमाउन र जीवन जीउन थालिसकेको छ ।

मध्यपूर्वको साङ्ग्रि-ला :

दुबई मध्यपूर्वको साङ्ग्रि-ला हो । साङ्ग्रि-ला अर्थात्, चम्किरहेको गगनचुम्बी भवन ! यो दुबईको आफ्नो उद्यमशीलता र पश्चिमी साम्राज्यको डिजाइनको अनुपम संयोग पनि हो । यसमा दुबईको पैसा, पश्चिमी वास्तुकला र दक्षिण-एशियाली शारीरिक श्रमपसिनाको योग भेटिन्छ ।

नव आगन्तुकका लागि अचम्मको दुबई :

नवआगन्तुक लामो समयसम्म बस्दा पनि दुबई वास्तवमा के हो भनेर बुझ्नै सक्दैनन् । उनीहरु केही वर्ष बस्दा पनि उनका लागि दुबई आश्चर्यको विषय बनिरहन्छ । यसको पछाडिको कारण हो, उनीहरु कृत्रिमतामा रमाइरहन्छन् ।

श्रमिकको न्यून ज्याला :

दुबईमा काम गर्ने श्रमिकलाई उचित ज्याला दिइँदैन । पहिले तोकिएको ज्याला एउटा हुन्छ, तर पछि त्योभन्दा कम ज्याला दिइन्छ । श्रमको उचित सम्मान गरिंदैन दुबईमा । यहाँ निकै कम ज्याला दिइन्छ । काम गर्ने श्रमिकहरु भारत, पाकिस्तान, नेपाल, बांगलादेश र इजिप्टबाट आएका हुन्छन् । यहाँ करीब १० लाख श्रमिकहरु दैनिक काम गरिरहेका हुन्छन् ।

दश प्रतिशत मात्र स्थानीय :

दैनिक देखिने कूल जनसंख्याको मात्र १० प्रतिशत दुबईका स्थानीय जनता हुन् । बाँकी रहेका सबै विदेशी हुन् । दुबईमा रहँदा पनि त्यहाँका स्थानीय मानिस देख्न गाह्रो हुन्छ । उनीहरु  निकै कम र धेरै धनी हुनुका कारण पनि अक्सर नदेखिने गरेका हुन्छन् । काम अरुले नै गरिदिने भएकाले स्थानीय त दुबईमा पनि पर्यटक झैं दुर्लभै देखा पर्दछन् ।

तेलबाहेक प्राकृतिक स्रोतसाधनको अभाव :

दुबई आफैमा निकै धनी देश भएर पनि यहाँ प्राकृतिक स्रोतसाधनको निकै अभाव छ । त्यहाँ बनेका गगनचुम्बी महलमा आवश्यक पर्ने सामग्री सबै बाहिरबाट ल्याइएका हुन् । त्यहाँ अथाह रुपमा रहेको भनेको कच्चा तेल मात्र हो ।

नवनिर्मित सहर :

दुबई बनेको जम्मा तीनदेखि चार दशक भयो । दुबई पछिल्लो समयमा निर्मित सहर हो । यहाँ भवन निर्माण कलामा निकै आधुनिकता प्रयोग भएको पाइन्छ ।

गगनचुम्बी महल ८० प्रतिशत खाली :

दुबईका गगनचुम्बी महल मुस्किलले २० प्रतिशत भरिएका हुन्छन् । २० प्रतिशत भरिनु भनेको पनि निकै ठूलो कुरा हो । यहाँका यी बिल्डिङ प्रायः अफिस भाडामा लिइएको हुन्छ ।

निकै तिब्रतामा विकास :

दुवईमा निकै तिब्रतामा विकास निर्माणका कार्य भैरहेका छन् । यो विश्वको सबैभन्दा आधुनिक र प्रविधियुक्त सहर पनि हो । यहाँ ५०० प्रतिशतले जनसंख्या बसाइ बढिरहेको छ ।

५० वर्ष अघिमात्र तेल पत्ता लागेको थियो :

दुबईमा तेल छ भनेर मात्र ५० वर्ष अघि पत्ता लागेको थियो । तेल पत्ता लगाएपछि उत्खनन्, प्रशोधन र बिक्रिबितरणमा पनि तिब्रता आयो ।

दुबईबारे थप तथ्य :

क) दुबई मरुभूमि हो ।

ख) यसको आफ्नै प्राकृतिक स्रोतसाधन छैन ।

ग) त्यहाँ खेतीपाती हुने प्राकृतिक वातावरण नै छैन ।

घ) पानी र खाना बाहिरबाट ल्याइन्छ ।

ङ) गर्मीले गर्दा बाहिर निस्केर पाँच मिनेट पनि हिंड्न सकिंदैन ।

च) त्यहाँ बनेका सबै कुरा गएको ५० वर्षमा मात्र बनेका हुन् ।

छ) त्यहाँका ८० प्रतिशत मानिस बाहिरबाट आएर बसेका हुन् ।

ज) यी ८० प्रतिशतलाई त्यहाँको नागरिकता दिइएको छैन ।

झ) यी सबैले कमाएको पैसा आआफ्ना घरमा पठाउँछन् ।

ञ) त्यहाँको कानुन फेरिएको फेरियै गर्छ ।

ट) त्यहाँ सरिया कानुन जारी छ ।

ठ) त्यहाँका मानिस भवन निर्माणमा सौखिन छन् ।

ड) त्यहाँ बाघजस्ता जंगली जनावर घरमा खर्च गरेर पालिएको हुन्छ ।