• मंसिर ११ २०८१, मंगलवार

बालबालिकाको छेडेको कान इन्फेक्सन हुन नदिन के गर्ने ?

फाल्गुन २७ २०७७, बिहीबार

काठमाडौं । नेपाली हिन्दु समाजमा बालबालिकाको कान छेड्ने परम्परा रहि आएको छ । परम्परागत रूपमा, बच्चाको कान पहिलो वा तेस्रो वर्षमा छेड्ने गरिन्छ। केहि समुदायमा बच्चाको कान जन्मेको १२ दिन अर्थात न्वारमा छेड्ने गर्दछन् ।

अनुभवी व्यत्तिmलाई मात्र बालबालिकाको कान छेड्न दिनुपर्छ । बच्चाको कानहरू सफा वातावरणमा छेड्नुपर्छ । ग्रामिण भेगमा कान छेडेपछि कानमा सिन्को हाल्ने गर्छन् । भने शहरी क्षेत्रमा बन्दुकले निशाना लगाएर सुन नै लगाइदिने गरिन्छ ।

कान छेड्दा केहिमा इन्फेक्सन पनि हुने गर्छ । यो समयमा इन्फेक्सन हुन नदिन सावधानी अपनाउनुपर्ने हुन्छ ।

कान छेड्ने व्यक्तिले पञ्जा लगाउनुपर्छ ।

कान छेड्ने औजार निर्मलीकृत गरेको हुनुपर्छ ।

कान छेड्नुअघि छाला अल्कोलहल स्वाबले सफा गर्नुपर्छ ।

छेडेपछि केहि दिनसम्म एण्टिबायोटिक क्रिम बिहान बेलुका लगाउनुपर्छ ।

कान छेडेमो स्थानमा साबुन पानिले हात धोएर मात्र छुनुपर्छ ।