• मंसिर १३ २०८१, बिहीबार

छाड्नेवाला छैन, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

फाल्गुन २७ २०७७, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको काठमाडौंँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एकपटक फेरि क्रान्तिमा अगाडि जाने सोचमा रहेको बताएका हुन् ।

‘जनयुद्ध सुरु गर्दा म ४२/४३ वर्षको थिएँ । अहिले ६६/६७ वर्षको भएँ,’ उनले भने, ‘उमेरले कति दिन्छ पनि भन्छन् कतिपयले । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म लड्नेवाला नै छु । एउटा ब्याटन त हामीले जित्यौं । अझै दुई/चार वटा ब्याटल जित्नैपर्छ । हामी जित्छौं । जित्नैपर्छ ।

प्रचण्डले आफ्नै साथीहरू छुट्दा धरातल केही कमजोर भएको स्वीरकारे । नयाँ मान्छे खोज्छुभन्दा पूराना साथीहरू छुटेको उनले बताए । ‘हामीले यो सँग मिले होलाकि । त्यो सँग मिले होलाकी । यो गरे होलाकी भने धेरै गरियो । आफ्नै साथीहरू छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । नयाँ मान्छे खोज्छुभन्दा पूराना साथीहरु छुटेको पक्कै हो । एकचोटी फेरि कोर्स करेक्सन गरेर लड्नुपर्छ,’ उनले भने ।