काठमाडौँ। नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको छ । बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार छ।
यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।