• बैशाख २० २०८२, शनिबार

धनगढीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप

फाल्गुन २६ २०७७, बुधबार

कैलालीको धनगढीमा नेकपा एमालेको बोर्ड राख्‍ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षाका कार्यकर्ताबीच झडप भएको हो ।

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी एमालेको बोर्डसहित भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेट राखेका थिए । त्यसको केही बेरमा ओली पक्षका कार्यकर्ताले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेका थिए । उनीहरूले रावल प्रदेश इन्चार्ज लेखिएको नेमप्लेट हटाउदै लेखराज भट्ट इन्चार्ज लेखिएको नेमप्लेट राखेका थिए । त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।