काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेर सकिएको हो ।
अर्को बैठक चैत ३ गते मंगलबार बस्नेगरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि पहिलोपटक फागनु २३ गते बसेको बैठकमा कांग्रेसले अवरोध र नेकपा दाहाल -नेपाल समूहले बहिष्कार गरेको थियो ।