• मंसिर ११ २०८१, मंगलवार

गरिब रुस कसरी सम्पन्न र शक्तिसाली बन्यो ?

फाल्गुन २६ २०७७, बुधबार

व्यवहारबाट सिद्ध भएका निम्न कुराहरुलाई स्टालिनवादका मूल सिद्धान्तहरु मान्न सकिन्छ । प्रथम- मार्क्सवादले निजी सम्पत्तिलाई यस्तो कुरामा चित्रण गर्नुभएको छ कि समाजमा शोषण, दमन, युद्ध, आतंकको मूल स्रोत निजी सम्पत्ति नै हो । जुन कुराले समाजका सम्मानित तथा प्रतिष्ठित नेता, प्रोफेसर, डाक्टर, न्यायाधीश, वकिल, वैज्ञानिकहरु पनि धन प्राप्तिका लागि लालायित हुन्छन् र बदनाम हुन्छन् । तसर्थ, निजी सम्पत्तिलाई नामेट पार्नु पर्छ । भनौं, उत्पादनका साधनहरुलाई सामूहिकीकरण गर्नुपर्छ । तब त्यहाँ सम्पूर्ण जनताको दायित्व, अधिकार र कर्तव्य हुन्छ र समाजमा समानता, स्वतन्त्रता र भ्रातृत्वपूर्ण समाज गरेर नष्ट गर्नुपर्छ र समाजवादी सत्ता स्थापना गर्नु पर्छ । जुन समाजवादी व्यवस्थालाई ध्वस्त पार्न पुँजीवादी र सामन्तवादी शक्ति र स्रोतहरुले निरन्तर प्रयास गरिरहन्छन् । तिनलाई सर्वहारा वर्गको हुकुमी शासनले निर्मम रुपले कुल्चनु पर्छ र विश्वव्यापी समावादी समाज स्थापना गरेर साम्यवादमा पुग्नुपर्छ ।

जर्मनका दार्शनिक कार्ल माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएका माथिका परिकल्पनालाई व्यवहारमा लागू गरेर सफलता पाउने सर्वाधिक योगदान रुसी क्रान्तिका नायक जोसेफ स्टालिनलाई जान्छ । किनकि उहाँको जीवनबाट नै स्पष्ट छ उहाँको मजदुर र किसानवर्गलाई सचेत, संगठित र संघर्षशील तुल्याउन र जारशाही सत्तालाई पतन गरी परिश्रमी वर्गको राज्य स्थापना गर्न उहाँको त्याग, परिश्रम, जोखिम र परियोजना अकल्पनीय थियो । त्यो उच्च विन्दुमा उहाँले सर्वोत्कृष्ट रेकर्ड कायम गरेको स्पष्ट छ । सन् १९१७, अक्टोबर २५ देखि सन् १९५३ मार्च ५ सम्म पूरा ३६ वर्ष जुन अवधिलाई मानव जातिको इतिहासको स्वर्णिम युग मान्नु पर्छ । किनकि समाजको बहुसंख्यक परिश्रमी वर्ग मजदुर, किसान र महिला वर्गले अघि रआजसम्म (सन् २०२०) कहिल्यै प्राप्त नगरेका भौतिक र आत्मिक शान्ति र सुख प्राप्त गरे तत्कालीन सोभियत संघका जनताले ।

जुन विश्वकै सर्वाधिक ठूलो देश हो । यसको पछाडि त्यो राष्ट्रको पथ प्रदर्शक यस्तो ज्योति पुञ्ज थियो, जुन पुञ्जले पृथ्वीको सुदूर पूर्वको जापानदेखि सुदर पश्चिमको होनोलुलु, सुदूर उत्तरको आइसलैण्डदेखि सुदूर दक्षिणको न्युजिलैण्ड सम्मका परिश्रमी वर्ग र महिला वर्गका मुक्ति र स्वाधीनताको लागि प्रकाश छरे, व्यवहारतः सक्दो गरे पनि । मंगोलिया, पूर्वी युरोप र चीनको मुक्तिमा भारी योगदान त्यसको ठोस प्रमाण हो । यद्यपि त्यो प्रकाश पुञ्जको ३६ वर्षको नेतृत्व अवधिमा सोभियत संघका जनताले गृहयुद्ध (सन् १९१८-२०) र हिटलरी साम्राज्यवादी युद्ध (१९३९–४५) सम्म बलिदानपूर्ण सग्रामबाट पनि गुज्रन प¥यो । तथापि महान् जोसेफ स्टालिनको नेतृत्वमा निम्न कुराहरु सोभियत संघका जनताले प्राप्त गरेका हुन् । जुन युग युगसम्म अमर र अजर रहनेछ । अझ त्यसलाई परिष्कृत र परिमार्जन गर्दै युगवाहकहरुले पछ्याउने छ ।

१. मजदुर किसानवर्गको मुक्ति–पुँजीवादी मुलुकमा कलकारखाना, उद्योग, खानी, व्यापार, कृषिफर्म, जमिनहरु, मुठ्ठीभर पुँजीपति र सामन्त, जमिन्दारहरुका कब्जामा हुन्छन् । मेहनत गर्ने मजदुरहरु र किसानहरुका संख्या ठूलो हुन्छ । तर उनीहरु सधैँ अभाव, दुःख र पीडापूर्ण जीवन गुजार्न बाध्य हुन्छन् । यता औँलामा गन्न सकिने पुँजीपति, सामन्त र जमिन्दारहरु चाहिँ सुख र सयलमा जीवन बिताउँछन् । तर सोभियत संघमा अक्टुबर १९१७ को क्रान्तिपछि कलकारखाना, उद्योग, खानी, फर्महरु मजदुरहरुको स्वामित्वमा र जमिन, जग्गाहरु किसानहरुको कब्जामा आएको हो । त्यसपछि नै त्यहाँको समाजको ९० प्रतिशत मजदुर, किसानहरु मुक्त भई उनीहरु सम्पन्न र सवृद्ध बने । जुन कारणरले सोभियत संघ राज्य भनौँ राष्ट्र पनि विश्वमै एक शक्तिशाली र सम्पन्न बने ।

२. महिलाहरुको महान् उत्थान– सामन्ती, पुँजीवादी राष्ट्र र राज्यहरुमा समाजको आधा आवादि ओगट्ने महिलाहरु भोगविलासको साधन नै मानिन्छन् र उनीहरु चौतर्फी उत्पीडित, दमित र अपहेलित रहन्छन् । त्यसमा पुँजीवादी र सामन्ती मूल्यमान्यता, कला, संस्कार र संस्कृतिले पनि ठूलो भूमिका खेलिरहन्छन् । सोभियत संघका १० करोड महिलाहरुको हविगत पनि बिजोग र बेहाल थियो । उनीहरुको रगत, पसिना र आँसुको त्यहाँ कुनै मूल्प्य थिएन । तर सन् १९१७ को अक्टुबर क्रान्तिपछि भने आमूल परिवर्तन भयो । महिलाहरुले पुरुष समान वेतन तथा ज्याला, पैतृक सम्पत्तिमा छोरासरह अधिकार, सुत्केरी विदा, सुत्केरी भत्ता जस्ता अरु कैयौँ सुविधाहरु राज्यबाट प्राप्त गर्यो । यसले त्यहाँको १० करोड महिलाको जीवनमा ठूलो परिवर्तन ल्यायो, साथै तिनका बच्चाहरु सबैको ।

३. युवाहरुमा महान् जागरण– जारशाही कालमा रुसी युवाहरु रक्सी, अफिम र चरेसको नशामा डुबेका थिए । गरिबी, अभाव, बेरोजगारले ती आक्रान्त थिए । जुवा, वेश्यावृत्ति, हिंसा, लुटपाटमा पनि ती संलग्न हुन्थे । केवल पैसाको लागि सेना र प्रहरीमा जागिर खान ती लालायित हुन्थे । तर अक्टुबर क्रान्तिले निर्माण गरेका राज्य व्यवस्थाले युवाहरुको अवस्थामा पनि त्यहाँ आमूल परिवर्तन ल्याइदियो । उनीहरु मेहनती, परिश्रमी, अध्ययनशील बने । उनीहरुले कतिसम्म जाँगर देखाएर भने हप्ताको एकदिन विदा र दैनिक ८ घण्टाको अनिवार्य परिश्रमलाई गहन आत्मसात गर्दै दिनको १२-१४ घण्टाको श्रम र बिदाको दिनमा पनि श्रमदान गरेर राज्य र राष्ट्रलाई दह्रिलो आड दिए । लालसेनामा भर्ती भएर कुनै पनि मोर्चामा लडी देशको रक्षा गरे ।

४. शिशु स्याहार केन्द्र, बालविकास केन्द्र, वृद्धाश्रम केन्द्रहरुको निर्माण– मानवजातिको इतिहासमा सर्वप्रथम मजदुर, किसानहरुको शिशु स्याहार केन्द्र, बाल विकास केन्द्र र वृद्धाश्रम केन्द्रको निर्माण सोभियत संघमा भएको हो । पुँजीवादी र सामन्तवादी समाजमा शोषण र उत्पीडनले मजदुर, किसानहरुको आर्थिक, भौतिक अवस्था कमजोर र कठिनको हुन्छ । जुन कारणले उनीहरु सानैदेखि अभाव, अज्ञान, अशिक्षा, भोक, रोग र शोकले जिन्दगी गुजार्न बाध्य हुन्छन् र वृद्ध कालमा पनि खाना, नाना र छाना गतिलो पाउँदैनन् । ‘पूर्वजन्मको फल’ भनेर शोषकहरुका सेवकहरु भन्छन् तर स्टालिन नेतृत्वको सोभियत संघमा २० करोड जनताका सन्तानहरु र वृद्धहरुका लागि शिशु स्याहार केन्द्र, बालविकास केन्द्र, वृद्धाश्रम केन्द्रहरु निर्माण गरेर आमूल परिवर्तन गरिदिए । जुन केन्द्रहरुमा राज्यले निःशुल्क सन्तुलित खाना, कपना, शिक्षा, स्वास्थ्य, उपचार, वास उपलब्ध गराए, वृद्धहरुलाई सम्मान र श्रद्धा प्राप्त हुने अवसथको सिर्जना भयो । यस्तो परिवेश र परिस्थितिले सोभियत संघमा हजार हजार वैज्ञानिक र प्राविधिकहरु जन्मे ।

५. निःशुल्क शिक्षा र स्वास्थ्य उपचार– पुँजीवादी र सामन्तवादी समाजमा जमिन, खानी, कल–कारखाना, उद्योग फर्महरु प्रायः तिनैको कब्जामा हुन्छ । स्कुल, कलेज, अस्पताल, यातायात जस्तो महत्वपूर्ण कुराहरु पनि तिनी धनाढ्हरुका अधिनमा हुन्छन् । आम मजदुर र किसानहरु त दैनिक जीवन चलाउन नै मुस्किलमा हुन्छन् । अभाव, बेरोजगारका कारणले तिनका कतिपय सन्तानहरु अवैधमार्गमा पनि लाग्छन् । चोरी डकैत, तस्कर, लुटपाट, हिंसा जस्ता अपराधपूर्ण कार्यहरु घातक सामाजिक (पुँजीवादी, सामन्तवादी) व्यवस्थाका परिणाम हुन् । त्यसैले जेलमा मजदुर, किसान र कमजोर आर्थिक अवस्थाका जनताका छोराछोरीहरु हुन्छन् । जुन आम परिश्रमी जनता र उनीहरुका सन्तान शिक्षा र स्वास्थ्यबाट पनि वञ्चित हुन्छन् । जुन आम परिश्रमी जनता र उनीहरुका सन्तान शिक्षा र स्वास्थ्यबाट पनि वञ्चित हुन्छन् । मानौँ त्यो समाजमा जिउने हक सामन्त, जमिन्दार, पुँजीपति, भ्रष्टाचारी, अत्याचारीहरुलाई मात्र छ । स्टालिनकालको सोभियत संघमा सम्पूर्ण जनताको लागि शिक्षा र स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराएर इतिहासमै नयाँ रेकर्ड तोडेको हो । सम्पूर्ण उत्पादनका साधनहरु (जमिन, उद्योग, कलकारखाना, खानी इत्यादि) सामूहिकीकरण र स्कुल, कलेज, अस्पताल, बैंक, यातायात जस्ता सेवामूलक कुराहरु राष्ट्रियकरण गरेर यो सम्भव भएको हो ।

साम्राज्यवादी युद्धखोर नीति विरुद्ध क्रान्तिकारी युद्ध नीति :

महान् जोसेफ स्टालिनले आफ्नो जीवनकालमा सोभियत संघका बिस करोड जनताको समाजवादी समाजको निर्माण, विकास र सुदृढीकरणको दौरानमा दुई पटक साम्राज्यवादीहरुका भीषण आक्रमण ब्यहोर्न पर्यो । ती युद्ध पिपासुहरुलाई नामेट तुल्याउन उहाँले क्रान्तिकारी युद्ध नीति अपनाउनु भयो । जुन नीतिलाई स्टालिनवादको क्रान्तिकारी युद्ध नीति मान्न सकिन्छ ।

प्रथम- सन् १९१७ को अक्टुबर क्रान्ति सम्पन्न भएपछि युरोपियन साम्राज्यवादीहरु भनौँ ब्रिटेन, फ्रान्स, जर्मनी र अमेरिका अझ जापान सहिताका साम्रज्यवादीहरुले शिशु समाजवादी रुसलाई ध्वंस गर्न रुसभित्रका जमिनदार, सामन्त, सुदखोरहरुलाई संगठित गरी भाडाका सेनाहरु निर्माण गरेर हतियार, पैसा र बन्दोबस्ती सामानहरु उपलब्ध गराउने, सैन्य तालिम र स्वयं सेनाहरु समेत पठाउने गरे । तिनलाई विनाश गर्न स्टालिनको क्रान्तिकारी युद्ध नीति थियो, मजदुर, किसान र महिलाहरुको राज्य सोभियत रुसको सुरक्षा गर्न तिनै जनतालाई संगठित गर, सचेत र संघर्षशील तुल्याऊ ! जमिन किसानहरुको बनाऊ ! कल कारखाना, खानी, उद्योगहरु मजदुरहरुको बनाऊ ! उच्च मनोबलका साथ भाडाका सेना र साम्राज्यवादी लुटेरा सेनाहरुलाई ध्वस्त पार ! बोल्सेभिक पार्टीका कार्यकर्ताहरुलाई हरेक लालसेनाका इकाहहरुमा राजनैतिक प्रशिक्षक बनाऊ ! क्रान्तिकारी युद्धमा खारिएर आएका योद्धाहरुलाई कमाण्ड सम्हाल्न लगाऊ !

समाजको आधा आवादी ओगट्ने महिलाहरुलाई क्रान्तिकारी युद्धको विजय असम्भव छ । लालसेनाले जनतासँगको सम्बन्धलाई घनिष्ट बनाऊ ! हामी उनैको लागि लडिरहेछौँ भनेर । हरेक लालसेना अनुशासित बन, जनतालाई गुरु मान ! जुन गुरुसँग जनशक्ति, अनुभव र खाद्यान्नको अपार स्रोत छ । कुनै पनि क्रान्तिकारी युद्ध विजय वा पराजय के हुन्छ भन्ने कुरा त्यहाँको जनताले लालसेनलाई सहयोग र समर्थन गर्छ कि गर्दैन भन्ने कुराले निर्धारण गर्दछ ।

स्टालिनको क्रान्तिकारी युद्ध नीतिमा आधारित भएर चीनको माओत्सेतुङको दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन भएको हो । जुन सिद्धान्तको दुई वटा बुँदा यहाँ राख्न सकिन्छ । माओ भन्नुहुन्छ, ‘जब दुश्मन अगाडि बढ्छ, हामी पछाडि हट्छौँ । जब दुश्मनले बिरामहरु गर्छ हामी त्यसलाई हायलकायल पार्छौं । जब दुश्मन थाक्छ हामी त्यसमाथि आक्रमण गर्छौं । जब दुश्मन पछाडिहरु हामी त्यसलाई पछ्याउँछौँ ।

गाउँगाउँलाई आधार इलाका बनाऊ ! गाउँ गाउँले शहरहरुलाई घेरा हाल, नाकाबन्दी गर र सशस्त्र संघर्ष गरेर शहरहरु कब्जा गर, सर्वोच्च सत्ता नियन्त्रण लेऊ ! स्टालिनले सर्वप्रथम नियम र उपनियमहरु बनाउनु भएको हो । त्यसैमा आधारित भएर माओले चिनियाँ क्रान्तिमा लालसेना तथा जनमुक्ति सेनाको लागि विशेष नियम र अनुशासन बनाउनु भएको हो । त्यसैमा आधारित भएर माओले चिनियाँ क्रान्तिमा लालसेना तथा जनुमुक्ति सेनाको लागि विशेष नियम र अनुशासन बनाउनु भयो । जुन युद्धकालमा निर्माण भएका थिए ।

ती निम्न छन्, तिन नियमहरु

१. जनताको सियो र धागो पनि नलेऊ !
२. आदेशको पालना गर !
३. कब्जा गरेका कुराहरु संगठनलाई बुझाऊ ।

आठवटा ध्यान दिनुपर्ने कुराहरु :

१. नम्र भएर बोल ! (नम्र भनेको सत्य, सही र उचित हो । चिप्ला, जाली र कुत्सित हैन (लेखक)
२. जनतालाई हप्काउने, दप्काउने नगर !
३. बाली नबिजार !
४. पैँचो लिएको कुरा फिर्ता गर !
५. बिगारेको मालको हर्जना चुकाऊ !
६. महिलाहरुसँग छाडा व्यवहार नगर (महिलाले पनि पुरुषसँग छाडा व्यवहार गर्नु हुँदैन : लेखक) ।

भियतनामी मुक्ति संग्राम र क्युबाली क्रान्तिमा पनि त्यहाँका नेतृत्वहरुले माथिको क्रान्तिकारी युद्ध नीति र आफ्ना लालसेना तथा मुक्ति सेनाहरुलाई अनुशासनको नियम परिपालना गरेका थिए । जसको मूल आधार स्टालिनको क्रान्तिकारी फौजी सिद्धान्त नै हुन् । स्टालिनको क्रान्तिकारी फौजी सिद्धान्तभित्र अरु पनि केही महत्वपूर्ण कुराहरु छन्, जस्तै– सेना र कमाण्डरहरुको कर्तव्य र जिम्मेवारी फरक फरक हुन्छन् । तर उनीहरुले पाउने भौतिक, आर्थिक सुविधाहरु समान हुनुपर्छ ।

यो कुराले पुँजीवादी र सामन्तवादी सेनाको पंक्तिभित्र ठूलो भुईंचालो आयो । किनकि ती व्यवस्थाका सेना र प्रहरीहरुको संगठन कमाण्डरहरुका वेतन, भत्ता र अन्य खाना, कपडा, आवासको सुविधा उच्चस्तरको हुन्थे तर तल्ला दर्जाका सेना, प्रहरीका खाना, कपडा, आवास, वेतन, भत्ता हरेक कुराहरु निम्न स्तरका हुन्थे । सेना, प्रहरीका कमाण्डरहरुका घरपरिवार हुन्छन् भने साधारण प्रहरी, सेनाका पनि बा, आमा, छोराछोरीहरु हुन्छन् ।

स्टालिनको समानताको सिद्धान्तले लालसेनाहरुका मनोबल उच्च भयो र भाडाका सेना र साम्राज्यवादीहरुका सेनाभित्र भुर्ईंचालो गयो । हतियार, सेना र युद्ध बन्दोबस्तीका मालसामानहरु लालसेनाहरुलाई रणभूमिमा प्रशस्त मिल्न पुग्यो । उक्रेनी मोर्चा, पोलैण्डको मोर्चा, दक्षिणको मोर्चा, जारित्किनको मोर्चा हरेक युद्धका मोर्चामा स्टालिनको कमाण्डको माग र जरुरत पुग्थ्यो । यो कमाण्डर जहाँ पुग्थ्यो त्यहाँ दुश्मनहरु ढुस्कुट हुन्थ्यो मानौँ युद्धमा कहिल्यै नहार्ने कमाण्डर यो युद्धका घडीमा स्टालिनको रिपोर्टर चिठीपत्रहरु पाएपछि लेनिनको पनि हात लगलग काम्थ्यो र मुटुको धडकन बढ्थ्यो

किनकि शिशु समाजवादी रुसको जीवन बचाउन मूल कमाण्डर स्टालिन थियो । जसका हरेक शब्दहरु, सुझाव र सल्लाहहरु लेनिनले परिपालना गर्नुहुन्थ्यो ।

गुरिल्ला युद्धको सिद्धान्तको प्रतिपादक पनि जोसेफ स्टालिन नै हो, दुश्मनको ठूलो शक्तिलाई नष्ट गर्न समय, परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै एकजना क्रान्तिकारी गुरिल्लाले एक जनासम्मलाई ध्वस्त पार्न सक्छ । तत्कालीन नीति यो किन हो भने आम मजदुर, किसान र महिलाहरुले  अझैं हामी क्रान्तिकारी कम्युनिस्टहरुको उद्देश्य बुझ्न सकेका छैनन् र हामीले पनि बुझाउन सकेका छैनौँ । तर दीर्घकालमा एकजना दुश्मनलाई नष्ट गर्न एक सय जना क्रान्तिकारीहरुले घेरा हाल्न पर्छ । किनकि भविष्यमा सम्पूर्ण मजदुर, किसान र महिलाहरु कम्युनिस्ट समर्थन बन्ने छन् ।

दोस्रो महायुद्धमा सर्वप्रथम जर्मनीले पश्चिम पोलैण्ड नियन्त्रणमा लिए । त्यसपछि बाल्टिक गणराज्यका लात्भिया, इस्टोनिया  र …… पनि । जनताको सहयोगमा सोभियत संघमा मिलेमा यी राष्ट्रहरु सामरिक रुपले महत्वपूर्ण थियो । त्यसपछि जर्मनीसँग सोभियत संघको अनाक्रमण सन्धि भयो । जुन सन्धिलाई लिएर पश्चिमाहरु सोभियत संघको अनाक्रमण सन्धि भयो । जुन सन्धिलाई लिएर पश्चिमाहरु सोभियत संघका नेताहरुको बदनाम गर्न लागि परे । वास्तवमा हिटलर र मुसोलिनीलाई सोभियत संघविरुद्ध युद्धमा उक्साउने र लगानी गर्ने कार्य उनैले गरेका हुन् । वास्तवमा त्सो भन्नेहरु स्वयं असभ्य, जंगली राज्य व्यवस्था थिए पुँजीवादी साम्राज्यवादीहरु । दोस्रो महायुद्ध अघि र पछि अमेरिका, ब्रिटेन र फ्रान्सले विश्वका सयौँ मुलुकहरुमा सैन्य आक्रमण गरी बम, गोला र बन्दुकले करोडौँ मुक्तिकामी, क्रान्तिकारी जनताको हत्या गरेको ज्वलन्त उदाहरणहरु छन् ।

सोभियत संघले चेकोस्लोभिया र अफगानिस्तानमा आक्रमण गरी सयौँको हत्या गरेको भनेर स्टालिनको बदनाम गर्न खोज्नेहरु पनि छन् । वास्तवमा सन् १९५३ मा स्टालिनको निधनपछि सोभियत संघमा खुश्चोभ, ब्रेजनेभहरुको हातमा सत्ताको नेतृत्व पुग्यो । जसले स्टालिनको अग्रिम भूमिकामा निर्माण, विकास र सुदृढ भएको सोभियत संघमा टेकेर हजार हजा कुकर्महरु गरे । यी मानव इतिहासका अर्का कंलकहरु हुन् । जसका विषयमा अर्को प्रसंगमा विस्तृत व्याख्या हुनेछ । संक्षिप्तमा भन्दा यिनैको गलत र घातक नीतिको परिणाम नब्बेको दशकमा आईपुग्दा सोभियत संघको अस्तित्व नामेट भयो र विश्व राजनैतिक रंगमञ्चमा स्टालिनको स्थापित गरेको गौरवपूर्णको प्रतिष्ठा र इज्जत पनि नष्ट भयो ।
स्टालिनको नेतृत्वको दोस्रो महायुद्धमा हिटलर, जवान र इटली साम्राज्यवादी युद्ध नीति विरुद्ध सोभियत संघको क्रान्तिकारी युद्धनीति निम्न थियो, जुन व्यवहारत सफल भई संसारले देख्यो, ‘दुश्मन क्रुर र लुटेरा छ, तिनको पतनको लागि सोभियत संघको ऐक्यबद्धता अरु मजबुत बन्नु पर्छ । नैतिक, आर्थिक, भौतिक, आत्मिक रुपले सबै फलामको ढिको भैmँ बन ।’

‘लालसेना दुश्मनसँग लड्ने मुख्य शक्ति हो, सैन्य सामग्री, खाद्यान्न, सूचना, सम्पूर्ण कुराहरु परिपूर्ति गर्न कुनै कसर राख्न हुँदैन । छापामार (गुरिल्ला) सेना सहायक शक्ति हो । यो समायोजना गर !’ ‘संसारभरिका मजदुर, किसान र महिलाहरु हाम्रा शक्तिका स्रोतहरु हुन्, तसर्थ तिनको ऐक्यबद्धता र साम्राज्यवादी युद्ध अपराधीहरु विरुद्ध जनलहर ल्याउन पर्छ ।’ ‘हाम्रा लाल सेनाहरु र कमाण्डरहरु दुश्मनको आक्रमणलाई निस्तेज पार्न पहाडी युद्ध, हिमाली युद्ध, जंगली युद्ध, मैदानी युद्ध, शहर बजारका युद्ध हरेक युद्ध मोर्चाहरुमा उच्च मनोबलका साथ लड्न पर्छ र तिनलाई ढुस्कुट पार्नु पर्छ ।

‘दुश्मन ठूलो शक्ति भए तिनलाई विनाश गर्न भित्रसम्म घुस्न देऊ अनि तिनको रसदपानी र जनशक्ति आपूर्ति मार्ग पत्ता लगाऊ । त्यहाँ भीषण आक्रमण गरी नष्ट गरिदेऊ ! गुरिल्ला आक्रमणलाई पनि उपयोग गर ! घेराभित्रका दुश्मनलाई भष्मीभूम पारिदेऊ !’
‘हाम्रा कमजोर स्थानहरुमा दुश्मनको लागि एक गेडा अन्न र एक लिटर पेट्रोलियम पनि हात पर्न नदेऊ, सकिन्छ लुकाऊ ! सकिन्न त नष्ट गरिदेऊ !’

दूरदर्शी सैन्य कमाण्डर महान् जोसेफ स्टालिनले जर्मन नश्लवादी हिटलर र इटालीका नाजी पार्टीका नेता मुसोलिनीको युद्ध प्रवृत्तिलाई मध्यनजर गर्दा तिनले विश्वविजयको मार्ग अपनाएकोले सोभियत संघले अमेरिका, ब्रिटेन, फ्रान्सका सरकारहरुलाई आफ्ना राजदूतहरु मार्फत् संयुक्त मोर्चा बनाई लड्न प्रस्ताव गरेको हो । तर तिनले क्यै वास्ता राखेनन्, जो सोभियत संघ जर्मनका हिटलरको आक्रमणले नष्ट भएको देख्न चाहन्थे । सोभियत संघमाथिको आक्रमणमा जब हिटलरले फलामको च्युरा झैं अनुभूति गरे तब उनले फ्रान्समाथि थावा बोले र दुई दिनमा कब्जा गरे । ब्रिटेनको राजधानी लण्डनको आकाशमा सयौँ हवाइजहाजले एकै पटक आक्रमण गरेर बमबाड गरे र सयौँको ज्यान लिए । जर्मनले जापनिज शक्तिलाई परिचालन गर्दै अमेरिकाको होनोलुलुमा हवाई आक्रमण गरी तीन हजारको हत्या गरे । तब अमेरिकी, ब्रिटिस र फ्रान्सका नेतृत्वहरुले तोरीको फूल देख्दै हतार हतार सोभियत संघको नेतृत्व जोसेफ स्टालिन सामु बिन्ती गर्न पुगे, ‘लौ अब हामी मिलेर जर्मनी, इटली र जापनिज साम्राज्यवादी युद्धखोर शक्तिहरु विरुद्ध लड्न पर्यो, तिनलाई पतन तुल्याउन एक भएर जान पर्यो, मित्र सेना र मित्र राष्ट्रहरु गठन गर्न  पर्यो …’  ।

नम्रता, विवेक र संवेदनाको उच्चस्तरको मुटु भएको महामानव इतिहासकै सर्वोच्च र सर्वोकृष्ट कमाण्डर विस्यारियोन जोसेफ स्टालिनले तिनको प्रस्तावलाई सहर्ष स्वीकारे र आवश्यक कर्महरु गरे । परिवर्तित परिस्थितिमा युद्धका नीतिहरु केही परिवर्तन भयो ।  जस्तै– साम्राज्यवादी जर्मन, इटली र जापनिज आक्रमणकारी विरुद्ध मित्रराष्ट्रहरु र मित्र सेनाहरु ऐक्यबद्ध भई लड्नु पर्ने आजको मूल आवश्यक हो । यो कदमले सोभियत संघको सुरक्षामा मद्दत पुग्छ र भविष्यमा विश्वशान्ति हुनेछ, ‘राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनताको संग्राम यतिखेर गौण बन्न पुग्यो । मूलतः विश्व विजयको लागि युद्ध सुरु गर्ने, जर्मनी, जापान र इटली नै मूल दुश्मन बन्न पुग्यो । तिनको पतन गर्न सम्पूर्ण शक्ति र स्रोतहरु लाग्नु पर्छ ।’

‘साम्राज्यवादी जर्मनी, जापान र इटली शक्तिविरुद्ध लड्न सम्पूर्ण शक्तिहरु, सरकारहरुलाई साथ देऊ ! सहयोग गर !’
‘दुश्मन विरुद्ध सम्पूर्ण शक्ति र स्रोतहरु परिचालन गर । लालसेना, छापामार सेना र क्रान्तिकारी जनता बीचको ऐक्यबद्धताले सम्पूर्ण युद्धलाई निर्धारण गर्दछ । यसमा उच्च रुपले सतर्क र चंख होऊ !’ ‘क्रान्तिकारी युद्धको सम्पूर्ण नीति, पद्धति र अनुशासनहरुलाई परिपालना गर ! आत्मिक मनोबललाई उच्च पार ! अपार शक्तिले दुश्मनलाई नष्ट गर ! त्यो क्रुर अपराधी र लुटेरा छ ।’ ‘यो मानवताको संरक्षणको युद्ध हो, मानवद्रोही जर्मनी, जापान र इटलीका युद्धखोर शासकहरुलाई पतन तुल्याउनु आजको विश्वव्यापी मानवजातिकै कर्तव्य हुन आएको छ’

माथिका जस्तै कैयौँ सही नीतिहरु र २ करोड सोभियत संघका लालसेना र क्रान्तिकारी जनताको बलिदानले जर्मनी, इटली र जापानिज साम्राज्यवादी शासकहरुका पतन भएको हो । जुन युद्ध संग्राममा अमेरिकी, ब्रिटिस सेनाहरुले सामान्य रुपले मात्र भाग लिए । स्टालिनको दोस्रो महायुद्धको विशेष घडीको नीतिले भारतको अंग्रेज विरुद्धको स्वतन्त्र संग्रामलाई केही असर पर्यो र उनीहरुले भन्न पनि पुगे ‘स्टालिन अंग्रेज उपनिवेश शासकहरुको पक्षमा उभियो ।’ तर भारतीय स्वतन्त्र संग्रामी नेताहरुचाहीँ हिटलर, मुसोलिनी र जापानिज तोगो साम्राज्यवादी नेताहरुसँग साँठगाँठ गर्न पुगे । त्यसरी नै चिनियाँ मुक्तियुद्ध र स्वाधनिता संग्रामको नेतृत्व गरिरहेको माओत्सेतुङले पनि दुखेसो गर्दै भने जापान विरुद्धको चिनियाँ जनताको क्रान्तिकारी युद्धकालमा स्टालिनले चिनियाँ कम्युनिष्ट पार्टी र च्याङकाइ सेक नेतृत्वको कोमिङताङ सरकारलाई बराबर सहयोग गरे’

सिङ्गो विश्वको मानव जातिको टाउको माथि कालो बादल मडारिरहेको त्यो विशेष घडीमा मानवताको माता समान सोभियत संघको कम्युनिस्ट पार्टीको अध्यक्ष जोसेफ स्टालिनले आफ्नो कार्यक्षेत्र पृथ्वीलाई मानेको थिए । कुनै देशको भूगोल र उनीहरुको स्वाधीनताको संग्राम र मुक्ति युद्धलाई हैन । सन् १९४५ को सेप्टेम्बर २ मा जापानले भ्लादिभोस्टकमा तैनाथ १० लाख रुसी लालसेनाहरु सामु आत्मसमर्पण गरेपछि दोस्रो महायुद्ध शान्त भयो र चिनियाँ मुक्तियुद्ध र भारती स्वतन्त्रसंग्राम अगाडि बढ्यो । सन् १९४७ मा अंग्रेजले भारत र बर्माबाट फर्कन पर्यो । यता चीनचाहीँ सन् १९४९ मा मुक्त हुन पुग्यो । सन् १९४५-४९ को ४ वर्ष सोभियत संघ पुनर्निर्माणमा लाग्न बाध्य थियो किनकि आफ्ना कुन जनसंख्याको १० प्रतिशत भनौँ युवा जनशक्तिको झण्डै २५ प्रतिशत युद्धकालमा गुमाउन परेको थियो । तथापि विश्वव्यापी मुक्तियुद्ध र स्वाधीनताको संग्राममा सोभियत संघको नैतिक समर्थन थियो र पछि भौतिक, बौद्धिक, आर्थिक, प्राविधिक, वैज्ञानिक सहयोग र समर्थन उपलब्ध गराएकै हो । केवल चीन र भारतलाई मात्र हैन सिङ्गो संसारभरि ।