काठमाडौँ। । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन । मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्ति गरेको हो ।
अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो । ढुंगाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन भने मिश्र विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन । ढुंगाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नरको रुपमा रहेकी छिन ।
अर्थमन्त्रीले मन्त्रीपरिषदमा डेपुटी गभर्नर नियुक्तिको प्रस्ताव लैजानु पर्छ। अर्थमन्त्रीको रोजाइमा अर्थमन्त्रालयको सल्लाहकार डा. प्रकाश श्रेष्ठ थिए । तर पनि राष्ट्रपति विद्यादेवी भण्डारीको रोजाईमा ढुंगाना र प्रधानमन्त्रीको रोजाईमा मिश्र सिफारिस भएको स्रोतले बतायो ।