काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग सत्ता समिकरणबारे छलफल गरेका थिए ।
मंगलबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।