लोकेन्द्र सेर्पाली । गोवा, भारत । प्रगतिशील नेपाली समाज भारत महाराष्ट्र राज्य समितिले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
श्रमिक दिवश मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि प्रवासी नेपाली महिलाहरुको उल्लेखनीय भूमिका रहेको बताए ।
हिजोका दिनमा प्रवासी महिला गणतन्त्र प्राप्तिको आन्दोलनमा नलागेको भए अहिलेको परिवर्तन असम्भव नभएको उनको भनाई थियो । उनले आगामी दिनमा देश समृद्धि र विकासको लागि राज्यले प्रवासी नेपाली महिलाहरुलाई विषेश स्थान दिनुपर्ने उनको धारणा रहेको छ । महिलाहरुलाई राज्यका हरेक अंगमा पचास प्रतिशत प्रतिनिधि गराउनु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा केन्द्रीय महिला संयोजक दुर्गा ददेल, उपाध्यक्ष रामसिङ ददेल, तुल्सी विक उपमहासचिव तिलक विक, कोषाध्यक्ष मोहन विश्वकर्मा, हरि ददेल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रवासी नेपाली महिलाहरुले साँस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । कार्यक्रम धनसरी ददेलको अध्यक्षतामा भएको थियो ।