• बैशाख १९ २०८२, शुक्रबार

एमाले र माओवादीलाई निर्वाचन आयोगले भन्यो : फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउनू

फाल्गुन २५ २०७७, मंगलवार

काठमाडौँ। निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले फेरि एकीकरणको लागि आउन पत्र पठाउने निर्णय गरेको हो ।

“आयोगको मिति २०७५।२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी (लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,। “