दुई कुरा बृहत् छन् : एउटा ब्रह्माण्ड र अर्को चाहिँ मानिसको मूर्खता । ब्रह्माण्डको त भन्न सक्तिन तर मान्छेको मूर्खताबारेमा पक्का छु । जहाँसम्म गणितका नियमहरुले वास्तविकता जनाउँछन् ती सुनिश्चित चाहिं हुँदैनन् र जहाँसम्म ती सुनिश्चित हुन्छन् त्यसपछि तिनलाई वास्तविक मान्न सकिंदैन । जसले आफुलाई सत्य र ज्ञानको मठाधीष ठान्छ, ईश्वरलाई हाँसो रोक्न मुस्किल हुन्छ । तेस्रो विश्वयुद्ध हतियारले लडिएला म भन्न सक्तिन तर चौथो विश्वयुद्ध चाँहि लठ्ठी र ढुङ्गाले लडिन्छ, यसमा मा पक्का छु । जो गल्ती नगर्नेहरुको भिडमा रहन चाहन्छ, उसलाई भेडाहरुको पंक्तिमा उभिनु पर्नेछ ।
मेरो सिकाइलाई यदि केहि कुराले बाधा उत्पन्न पर्छ भने त्यो मेरो शिक्षाले नै हो । भगवान हाम्रो गणितीय अप्ठेराका बारेमा चासो राख्दैनन् बरु उनी अवलोकन र प्रायोगिक कुरालाई एकैसाथ मिलाइरहेका हुन्छन् । विज्ञानको पूर्णता भनेको हरेक दिनको सोचको विशुद्धताभन्दा बढ्ता केहि होइन । प्राविधिक विकास भनेको बौलाहा अपराधीको हातमा बन्चरो थमाउनु जत्तिकै हो । बलजफ्ती शान्ति कायम नगर्न सकिंदैन, बुझाइको शक्तिले वा बुझ्न प्रयासले मात्र शान्ति हासिल गर्न सकिन्छ ।
हामीले जुन सोचले समस्या सिर्जना गरेका हुन्छौं, त्यहि सोचले त्यसलाई समाधान गर्न सत्तैनौं । समाधानका लागि हामीले बिल्कुलै नयाँ तरिकाले सोच्नुपर्ने हुन्छ । जिन्दगीभर स्कुलमा सिकेका कुरालाई पूरै बिर्सिसकेपछि जुन बाँकी ज्ञान हुन्छ, त्यहि शिक्षा हो । महत्वपूर्ण कुरा लगाएर प्रश्नमाथि प्रश्न सोध्नु होइन । अस्तित्वका लागि जिज्ञासा उत्पन्न भैरहनु महत्वपूर्ण कुरा हो ।
गणितका कठिनाइका बारेमा चिन्ता नगर्नू किनभने मलाई जति गणितको समस्या शायदै अरु कसैलाई थियो होला । मेरो लागि समीकरण महत्वपूर्ण छन् किनभने राजनीति अहिलेको लागि गरिन्छ । तर समीकरण त ब्रह्माण्ड रहुन्जेल चाहिन्छ । यदि ए भनेको सफलता हो भने ए बराबर एक्स, वाई, जेड हुन्छ । एक्स भनेको काम, वाई भनेको खेल्नु-गर्नु र जेड भनेको चुप लाग्नु हो ।
स्रोतः अच्युत कोइरालाद्धारा लिखित, अल्वर्ट आइन्स्टाइनः विज्ञान र मानवतामा समर्पित जीवन