• बैशाख १९ २०८२, शुक्रबार

कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मुद्दा दायर

फाल्गुन २५ २०७७, मंगलवार

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनको उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ र ३०६का उपदफा १ र २ को कसूर गरेको भन्दै ३०७ बमोजिम कारबाही गर्न माग गरिएको छ ।

पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइल जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भनेपछि संसद त तीनै भइन्। कपाल फुलेका बुढीहरुले केही पाएनन्। २०औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिँडुला देखाउँदै पोइल जान पाम भने पछि कोमल ओलीलाई केपी ओलीले सांसद बनाए’ भनी पन्तले विवादास्पद अभिव्यक्ति दिएका थिए ।