काठमाडौँ /
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै फट्को मारेको बताएकि छन्। १११औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन महासंघद्वारा राजधानी काठमाडौँमा आयोजित ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्रि अर्यालले सो कुरा बताएकी हुन्।
समान कामको समान ज्याला र भोट हाल्न पाउने अधिकारको लागि १११ वर्ष पहिले अन्तरराष्ट्रिय रुपमा महिलाले लडेकोले अहिले संसारमा महिलाहरु धेरै अगाडी बढ्न सफल भएको मन्त्री अर्यालको धारणा थियो। नेपालले महिला अधिकारको क्षेत्रमा धेरै प्रगती गरेको बताउदै मन्त्री अर्यालले हजुर आमाको ठाउँबाट हेर्योभने अहिले नेपालका महिलाको स्थान धेरै माथी भएको बताइन। महिला अधिकार संरक्षण र प्राप्तिको हिसाबमा नेपाल विश्वमा धेरै अगाडी गएको देशमा गनिने भन्दै सार्क राष्ट्रहरुमा नेपाल महिला अधिकारको संरक्षण र प्राप्तिमा पहिलो स्थानमा रहेको मन्त्री अर्यालले बताइन। हाल नेपाल संघ, प्रदेश र स्थानिय तह गरि सवैमा ४१% महिला सहभागिता भएको देश बनेको उनले बताइन।
महिला अधिकारको प्राप्ति स्वरुप नेपालमा महिलाहरु ठुलठुलो पदमा पुगेको बताउदै मन्त्री अर्यालले भनिन ‘नेपालमा महिला आन्दोलन स-सक्त रुपमा अगाडी बढेकै कारण देशको सर्वोच्च स्थान राष्ट्रपतिमा महिला हुन सफल भएको हाम्रै देश हो।’
अन्तर संवाद कार्यक्रममा बोल्दै सूचना आयोगकी पुर्व आयुक्त यशोदा तिम्सिनाले नेपालको संघियताले महिला नेतृत्वको विकास भएको बताइन। कार्यक्रममा निजी तथा पारिवारिक वन संघ नेपालकि महासचिव, आरती पाठक,राष्ट्रिय प्रकृती संरक्षण कोषका सदस्य सचिव,शरद अधिकारी,सिचाई महासंघ नेपालकी कोषाध्यक्ष गीता भुजेल,डा.सीता अर्याल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए।
महासंघद्वारा आयोजित सो कार्यक्रममा वन संरक्षणको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएकी बिभिन्न क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा पत्रकार प्रगती ढकाल, प्रदेश १ बाट वन हेरालु जानुका भुजेल,प्रदेश २ बाट चोरी शिकारी नियन्त्रण ईकाइकि संयोजक, सपिका मगर (शान्ति),बागमती प्रदेशबाट वन हेरालु, जमुना पौडेल,गण्डकी प्रदेशबाट फरेस्टर, लक्ष्मी बाँनिया,लुम्बिनी प्रदेशबाट प्रकृती गाइड, मन्जु महतरा,कर्णाली प्रदेशबाट वन हेरालु, खगीसरा खड्गा र सुदूरपश्चिम प्रदेशबाट अग्नि नियन्त्रक, पद्मा सुनार रहेकी छिन।
कार्यक्रम महासंघकि केन्द्रिय अध्यक्ष भारती पाठकको अध्यक्षतामा सम्पन्न भएको थियोभने संचालन, सचिव, ठाकुर भण्डारीले गरेका थिए। कार्यक्रममा उपस्थित अथिती तथा सहभागीहरुलाई उपाध्यक्ष भीम प्रकाश खड्काले स्वागत गरेका थिए।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार:समृद्ध नेपालको आधार’ यो वर्षको अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको नारा रहेको छ।