• मंसिर ११ २०८१, मंगलवार

सात महिनामा साढे १५ करोडको सुनका गहना निर्यात

फाल्गुन २४ २०७७, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १५ करोड ६७ लाख ६९ हजार रुपैयाँ बराबरको सुनका गर–गहना निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षकै सुरुवातदेखि नै नेपालबाट सुनका गरगहना निर्यात हुने क्रम बढेको थियो । सुनका गर–गहना अमेरिका, अष्ट्रेलिया, हङकङ लगायतका देशमा निर्यात हुने गरेको तथ्याकंले देखाएको छ ।

पछिल्लो सात महिनामा सबैभन्दा बढी अमेरिकामा सुनका गर–गहना निर्यात भएको छ । यो अवधिमा अमेरिकामा ९ करोड ४७ लाख ५१ हजार रुपैयाँ बराबरको ७ केजी ७५३ ग्राम सुनका गहना निर्यात भएको हो । अमेरिकापछि हङकङमा बढी निर्यात भएको छ । उक्त देशमा ४ करोड १८ लाख ५४ हजार रुपैयाँ बराबरको ३ केजी ३४८ ग्राम सुनका गर–गहना निर्यात भएको छ ।

त्यसैगरी अष्टे«लियामा ४ केजी ८६ ग्राम बराबरका गहना निर्यात भएको छ । नेपालबाट अष्टे«लियामा १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएको विभागको जनाएको छ । विभागको तथ्यांक अनुसार चालु आवको ७ महिनाम एक करोड ५७ लाख रुपैयाँले निर्यात बढेको हो । पुस महिनामा ५ करोड ३२ लाख रुपैयाँको गहना निर्यात भएको थियो ।