काठमाडौं ।
ऋषि कट्टेल नेकपाले आधिकारिकता पाएपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्वतः विघटन हुन पुगी पूर्व एमाले र पूर्व माओवादी केन्द्र पुनस्र्थापित हुनु नेपालको राजनीतिमा नयाँ कोर्सको सुरुआत भएको बताएका छन् । नेता कार्यकर्तासँगको भेटघाटमा ओलीले यस्तो अवस्थामा विना ढिलाई पुनस्र्थापित नेकपा एमालेको वैठक बसेर आवश्यक निर्णय लिइने बताएका हुन् । साबिक एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनी निकै खुशी पनि भएका छन् ।
सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै उनले छिटै एमालेको बैठक बोलाइने जानकारी नेता तथा कार्यकर्तामाझ सम्प्रेषण गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आवश्यक परेमा आफूले विश्वासको मतसमेत लिएर देखाउने पनि बताएका छन् । योभन्दा पहिले आफूले विश्वासको मत नलिने बताउँदै आएका थिए । एमाले दलको बैठकमा यी सबै निर्णय गरिने भन्दै प्रम ओलीले अदालतको दलसम्बन्धी फैसलाले नेपालको संसदीय इतिहासलाई नयाँ राजनीतिक कोर्समा प्रवेश गराएको बताएका छन् ।
सर्वोच्चको फैसला आफूहरूलाई मान्य भएको र यसको कार्यान्वयनमा आफूहरु जाने भनी प्रम ओलीले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर नेकपा दाहाल–नेपाल समूहले भने अदालतको फैसला राजनीतिक भएको र यसका बारेमा कानुनी सरसल्लाह भैरहेको बताएको छ ।
राजनीतिक दलहरु आआफ्नै प्रतिक्रिया र तयारीमा रहेका बेला सर्वोच्चको फैसला कार्यान्वयनमा निर्वाचन आयोग तदारुकताका साथ लागि परिरहेको छ । ओली नेतृत्वको समूहले फैसलाले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताका लागि ढोका खुलेको प्रतिक्रियासमेत् दिएको छ ।