काठमाडौं । संसद बहिस्कार गरेका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको पक्षले अध्यादेशको विषयलाई लिएर संसद बहिस्कार गरिएको बताएका छन् । उनले संसदको सिंगो प्रक्रियालाई नै बहिस्कार नगरिएको स्पष्ट पार्दै संसद सूचारु रहिरहने कुरामा जोड दिएका छन् ।
उनले भने– ‘सरकारले ल्याएको अध्यादेशलाई मन्त्री मण्डलले पास गरेको टुलुटुलु हेरेर कसरी बसिरहने ?’ तर उनले दोहर्याएर भने संसद पुनस्र्थापना गरेको सर्वोच्चको फैसलालाई हामीले सम्मान गरेका छौं । सदन सुचारु हुन्छ र यसले आवश्यक निर्णय लिंदै जान्छ ।
दाहालले थपे– हामीहरु संसदीय अभ्यासबाट भाग्दैनौ ।