काठमाडौं । नेकपाको आफ्नो पार्टी हैसियत नरहेको अवस्थामा पूर्व नेकपाका दाहाल – नेपाल समूह आइतबारको प्रतिनिधिसभाबाट बाहिरिएको छ । यो नैतिकताको प्रश्न पनि हो । सरकार नै कुन पार्टीको भन्ने अवस्था सिर्जना भएका बखत संसद अधिवेशनको निरन्तरतामाथि पनि प्रश्न उठिरहेको छ । कानुन सबैका लागि बराबरी हो । यो बराबर भएर लागू हुनु जरुरी छ ।
जनताले चाहेका छन् चलिरहेको संसद ‘फेक’ नहोस् । यो कुरामा गम्भीरताका साथ ध्यान पुर्याउनु पर्छ । विश्लेषक भन्छन्– यस अर्थमा, दाहाल–नेपालको बैठकबाट बहिर्गमनलाई अन्यथा लिन मिल्दैन ।
कतिपयले यसलाई आक्रोशको अभिव्यक्तिका रुपमा लिए पनि यसको पुष्टि हुन भने बाँकी छ ।