काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल – नेपाल पक्षले संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको जानकारीसहितको पत्र संसद सचिवालयल दर्ता गर्न लगेकोमा अस्वीकार भएको छ।
दाहाल – नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका कारण संसद सचिवालय पुगेका नेताहरुले महासचिव भरतराज गौतमलाई भेटेर जानकारी लिएका छन् । महासचिवले गौतमले नेकपा औपचारिक रुपमा एक रहेको र दलको नेता केपी शर्मा ओली नै रहेकाले कानून अनुसार पत्र स्वीकार गर्न नमिल्ने जवाफ दिएका छन् । नेताहरुले महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानूनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको थिए ।