२३ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक अल्टिमेट रेस्लिङ इन्टरटेइनमेन्ट (युडब्लुई)द्धारा आयोजित रेस्लिङ प्रतिस्पर्धामा नेपाली रेस्लर दुर्गाबहादुुर राना (बाबाबुई) च्याम्पियन बनेका छन् । शनिबार (हिजो) राजधानीको दशरथ रंगशालाको कभड हलमा आयोजित उक्त प्रतिस्पर्धामा बाबाबुई च्याम्पियन बनेका हुन् ।
नेपाली रेस्लर बाबाबुईले भारतीय रेस्लरलाई पराजित गरेर च्याम्पियन बनेका छन् । च्याम्पियन बनेसँगै युडब्लुईको च्याम्पियनशीप बेल्टसमेत उनले हात पारेका हुन् ।
त्यस्तै अर्की नेपाली रेस्लर मुना श्रेष्ठ (ड्रागन)ले पावरफुल वुमन (महिला) च्याम्पियन जितेकी छन् । उनले पनि भारतिय वुमन रेस्लरलाई हराएकी थिइन् । पावरपफुल वुमन च्याम्पियनशीप जितेसँगै बेल्ट र बुलेटबाइक पनि पाएकी छन् ।
त्यस्तै अर्का भारतीय रेस्लर प्रिन्स भने एसियन च्याम्पियन बनेका छन् । उनले नेपाली रेस्लरलाई पराजित गरेर एसियन च्याम्पियनशीप उपाधि जितेका हुन् । उनले एसियन च्याम्पिनशीप उपाधि जितेसँगै एसियन बेल्ट हात पारेका छन् ।
अल्टिमेट रेस्लिङ इन्टरटेइनमेन्ट (युडब्लुई)द्धारा आयोजित रेस्लिङ प्रतिस्पर्धामा नेपाल र भारत गरि जम्मा १७ जना रेस्लरले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा पुरुषतर्फ च्याम्पियन बाबाबुई बनेका छन् ।
वुमन (महिला) पावरफुल च्याम्पियन नेपाली रेस्लर मुना श्रेष्ठ (ड्रागन) बनेकी छन् भने एसियन च्याम्पियन भारतीय रेस्लर प्रिन्स बने ।
युडब्लुईकी कार्यकारी निर्देशन मुना श्रेष्ठले कार्यक्रमको समापन गर्दै रेस्लिङ मनोरञ्जनात्मक खेल भए पनि यो निकै संवेदनशिल खेल भएको बताएकी छन् । उनले यस युडब्लुई प्रालि नयाँ रेस्लर जन्माउने गतिलो प्ल्याटफम भएको बताइन् ।
आगामी दिनमा पनि रेस्लिङ प्रतियोगितको आयोजना गर्ने निर्देशक श्रेष्ठको भनाइ छ ।