काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।
खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।
यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।
यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।
यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।