गोलमिडिया खबर, काठमाडौं ।
प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबार ४.० बजेदेखि संसद भवन बानेश्वरमा सुुुरु हुुँदैछ । सर्वोच्चद्वारा संसद पुनस्र्थापछि बस्न थालेको यो पहिलो तर निरन्तरतामा सातौं अधिवेशन हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको सहमतिमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा बिघटन गरी नयाँ जनादेशका लागि सिफरीश गरेपछि राष्ट्रपतिद्वारा संसद विघटन सिफरीश स्वीकृत गरिएको थियो ।
सर्वोच्चमा संसद पुनस्र्थापनाको रिट परेपछि एमिकस क्युरी गठनसहितको लामो बहस चली सर्वोच्च अदालतले फागुन ११ गते संसद बिघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र अधिवेशन आह्वान गर्न परमादेशसहितको आदेश दिएको थियो । सोही परमादेश आदेश मुताविक पुनस्र्थापित प्रतिनिधिसभाको हिउँदे अधिवेशन अपरान्ह ४ बजे सुरु हुन लागेको हो ।
दुई चिरामा बाँडिएर पनि विभाजनको घोषणा गर्न नसकेका तर आआफ्ना गुट र संसदीय दलका नेताका साथै प्रमुख सचेतकहरु सम्म आआफै बनाएका सत्ताधारी पार्टीको आपसी तानातानका बीचमा बस्न थालेको यो अधिवेशनलाई निकै रोचकता साथ हेरिएको छ । एक चिराका नेता तथा प्रम ओली अविश्वासको प्रस्ताव फेस गर्न तयार भएको बताइरहेका छन् भने अर्को चिरा दाहाल–नेपाल भने ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा छन् ।
अधिवेशन सुरु भएलगत्तै राष्ट्रपति कार्यालयबाट प्रेषित अधिवेशन आह्वानसम्बन्धी लिखित पत्र वाचन गरी मन्त्रिपरिषद गठनसम्बन्धी अर्को पत्रको व्यहोरा पनि वाचन गरिने बताइएको छ ।
संसदीय जोड घटाउका कुरा आआफ्ना ठाउँमा छन् । तर पनि यो अधिवेशन हिउँदे अधिवेशन भएकाले यस अघिका विचाराधीन विधेयकहरु ल्याइने र ती माथि छलफल हुने अपेक्षा गरिएको छ ।