• मंसिर १३ २०८१, बिहीबार

यस्तो छ आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची

फाल्गुन २२ २०७७, शनिबार

काठमाडौं । सर्वोच्च अदालतले पुन:स्थापित गरेपछिको प्रतिनिधि सभाको पहिलो बैठक भोलि बस्दै छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

करिब दुई महिनाको बहसपछि अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुन:स्थापना गर्ने निर्णय गरेको थियो । पुन:स्थापनासहित अदालतले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सरकारलाई आदेश समेत दिएको थियो । अदालतको आदेश अनुसार राष्ट्रपतिले फागुन २३ गते आइतबार (भोलि) का लागि बैठक बोलाउनुभएको छ ।                                                                                भोलिको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७७’ पेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ । र सभामुखले सदस्यहरुको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठक सकिनेछ ।