काठमाडौँ /
नेपालको बर्तमान संसदीय अभ्यासभन्दा बाहिर रहेका कम्युनिष्ट पार्टीहरुको रणनैतिक मोर्चाको बैठक सम्पन्न भएको छ।
बिद्रोही नेकपालाई सरकारले लगाएको प्रतिबन्ध खुला गरेपछि महासचिव विप्लवको प्रत्यक्ष सहभागितामा मोर्चाको बैठक सम्पन्न भएको हो।
मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी),नेत्र बिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीहरुको बीचमा केहि समय पहिले दिर्घकाल रुपमा संयुक्त्त संघर्षका कार्यक्रमहरु गर्ने भनेर रणनैतिक मोर्चा निर्माण भएको थियो।
सो मोर्चाको बैठक बसेर विभिन्न जनसंघर्षका कार्यक्रमहरु गर्ने भनेर केहि निर्णय भएको बताईए पनि आधिकारिक रुपमा निर्णयहरु सार्वजनिक गरिएको छैन।
यसैबीच आजै सरकार र बिद्रोही नेकपाबीच भएको वार्ता क्रममा भएको ३ बुँदे सहमति अनुसार कैलाली कारागारबाट नेकपाका पोलिटव्युरो सदस्य ओम प्रकाश पुन ‘निर्माण’ कारागार मुक्त भएका छन्।